Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

बर्दगोरिया-५ को शुभ प्रभात कृषि सहकारीको १०औं बार्षिक साधारण सभा सम्पन्न

  • कैलाली दर्पण
  • शनिबार, माघ १९, २०८१
बर्दगोरिया-५ को शुभ प्रभात कृषि सहकारीको १०औं बार्षिक साधारण सभा सम्पन्न

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ मा रहेको शुभ प्रभात कृषि सहकारी संस्थाको १० औं बार्षिक साधारण सभा सनिवार सम्पन्न भएको छ ।

सहकारी संस्थाका अध्यक्ष बाल चन्द्र कठरियाको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवर रहनु भएको थियो । यसै गरि बिशिस्ट अतिथी वडा नम्बर ५ का अध्यक्ष भोले राम चौधरी रहनु भएको थियो ।
प्रमुख अतिथिको आसन बाट बोल्दै पालिका अध्यक्ष कर्ण बहादुर कुँवरले सहकारीले सबैलाई फाईदा पुग्ने भएका कारण गाउँ घरमा सहकारी हुनु राम्रो भएको बताए । प्रमुख अतिथी कुँवरले सहकारीलाई पालिकाबाट हुने सबै सहयोग गर्न प्रतिबद्ध रहेको बताए
।
सहकारी संस्थाका उपाध्यक्ष बाधुराम चौधरीको स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रममा नेपाली काङ्ग्रेस वडा सभापती हरिराम डगौरा, पुर्व गाबिस अध्यक्ष राम नारायण थारु, कोईलिभुरुवा ग्रामीण बिधुत सहकारीका अध्यक्ष बिकटलाल चौधरी, चित्रकुट मन्दिर अध्यक्ष बोटेलाल कठरिया र भलमन्सा रबर सिंह कठरियाले शुभकामना मन्तव्य राखेका थिए ।

संस्थाका व्यवस्थापक शीत नारायण कठरियाले आर्थिक बर्ष २०८०/०८१ को १ करोड ८ लाख १२ हजार ८ सय ६५ रुपैयाँ बराबरको आय व्यय प्रस्तुत गर्नु भएको थियो । कार्यक्रमको संचालन सुबेश कठरियाले गर्नु भएको थियो ।

सहकारी संस्थाले कार्यक्रममा आफ्ना शेयर सदस्यहरुलाई निशुल्क रुपमा तरकारीको बीउ बिजन समेत बितरण गरेको छ । सहकारी संस्थामा ३ सय १४ शेयर धनी रहेका छन ।

सम्बन्धित समाचार
ताजा अपडेट