१५माघ/कैलालीको लम्कीमा रहेको लम्की लेडी जेसीजको ११औ पदस्थापना तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।

सोमबार लम्की जेसिजको भवनमा सो कार्यक्रम सम्पन्न भएको हो ।
सन् २०२५ का लागि लम्की लेडी जेसीजले ३१ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको थियो ।
जसको अध्यक्षमा बिरिन्दा सुवेदी धमाला, कार्यकारी उपाध्यक्षमा पवित्रा विश्वकर्मा र कल्पना तिमिल्सेना रहेका छन् । त्यस्तै कानुनी सल्लाहकारमा रुपा स्वार, कोषाध्यक्षमा पार्वती कार्की, र महासचिवमा ससिरा शाही रहेकी छन् । चार जना उपाध्यक्षमा आशा बम, कोकिला बिष्ट, शान्ती शाह र रेखा रावल रहेका छन् ।
त्यस्तै शाखा सम्पादकमा सुस्मिता चन्द, प्रकरण निर्देशकमा अन्जना सिंह, सदस्य वृद्धिमा प्रमिला तिरुवा, जनसम्पर्क अधिकारीमा उशा शाह, सह सचिवमा कृष्णा रिजाल, तालीम संयोजकमा रुपा उपाध्याय र अध्यक्षको प्रमुख सल्लाहकारमा राधा बजगाई रहेकी छन् ।
कार्यक्रममा प्रमुख अतिथि लम्कीचुहा नगर प्रमुख सुशीला शाही,बिशिस्ट अतिथि नगर उप प्रमुख जुना चौधरी रहनु भएको थियो ।
कार्यक्रममा आफ्नो भनाइ राख्दै नगर प्रमुख तथा कार्यक्रमकी प्रमुख अतिथी सुशीला शाहीले लम्की लेडी जेसीजको आफू संस्थापक अध्यक्ष भएको नाताले लेडी जेसीजसंग फरक किसिमको सम्बन्ध रहेको बताइन् । त्यस्तै नगर प्रमुख शाहीले सामाजिक कार्य गर्न नयाँ निर्वाचित जेसीजको टीम सक्षम रहेको बताउँदै नगर प्रमुख शाही लेडी जेसीजसँग सहकार्य गर्न नगरपालिका तयार रहेको बताइन् ।

त्यस्तै विशिष्ट अतिथि तथा लम्कीचुहा नगर उप प्रमुख जुना चौधरीले नयाँ निर्वाचित टीमलाई बधाई दिदै जेसीजको नयाँ टीमले मानव जीवन र समाजका लागि उल्लेख्य दिने अपेक्षा लिएको बताइन् । कार्यक्रममा बौनिया जेसीजका सस्थापक अध्यक्ष लिला जंग शाही ,लम्की जेसीजका अध्यक्ष भरत खनाल ,जानकी जेसीजका अध्यक्ष भिम थारु र लम्की लेडी जेसीजका पुर्व अध्यक्ष मिना सोडारीले शुभकामना मनतब्य राख्नु भएको थियोे ।