२७ पुस/घोडाघोडी जेसीजको तेस्रो पद स्थापना तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ।
शासन व्यक्तिको होइन,विधिको हुनुपर्दछ” भन्ने मल नारा सहित स्थापित भएको घोडाघोडी जेसीजको तेस्रो पद हस्तान्तरण तथा पद स्थापना कार्यक्रम शनिबार सम्पन्न भएको हो ।
पौष २० मा घोडाघोडी जेसीजको तेस्रो शाखा अधिबेशन बाट बर्ष २०२५ का लागि अध्यक्षमा जेसी लक्ष्मण न्युरे सहित कार्यकारी उपाध्यक्ष पदमा जेसी पदम सापकोटा ,कपिल सापकोटा चयन भएका थिए भने उपाध्यक्षमा महेन्द्र शाह ,राम बहादुर चन्द ,खेम ढुंगाना र महेन्द्र बिस्ट सर्वसम्मत निर्वाचित भएका थिए ।
यसैगरी आज महासचिव धन बहादुर बडुवाल,कानुनी सल्लाहकार जानकी शाह र कोषाध्यक्ष सुरेश बोगटी लाई नवनिर्वाचित अध्यक्ष जेसी लक्ष्मण न्युरेले मनोनित गर्नु भएको थियो । गत शनिवार होटेल वाशिष्ठ सुखडमा भएको तेस्रो शाखा अधिवेशनबाट अध्यक्षमा सर्वसहमत निर्वाचित भएका न्युरे लगाएत टिमले आज २७ गते शनिबार सपथ लिएको हो ।
सोही पद हस्तान्तरण समारोहमा घोडाघोडी बर्ष २०२४ का अध्यक्ष जेसी दिपक चन्दको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथी घोडाघोडी नगरपालिका का नगर प्रमुख खडक रावत ,बिशिस्ट अतिथी नेपाल जेसीजका रास्टिय उपाध्यक्ष जेसी धनराज कंडेल ,घोडाघोडी जेसीजको मातृ शाखा बौनिया जेसीजका सस्थापक अध्यक्ष जेसी लिला जंग शाही, घोडाघोडी जेसीजका सस्थापक अध्यक्ष जेसी लालबहादुर शाही लम्की जेसीज बर्ष २०२४का अध्यक्ष जेसी भरत खनालले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा शिक्षा क्षेत्रमा योगदान गरेका कैलाली बहुमुखी क्याम्पस का पुर्व प्रमुख तथा धनगढी जेसीजका पुर्व अध्यक्ष सुरेन्द्र चन्द लाई सम्मान गरिएको छ।
जेसिज १८ बर्ष देखि माथि ४० बर्ष मुनिका युवाहरूको नेतृत्व र ब्यक्तित्व बिकास गर्ने सामाजिक संस्था हो ।
जेसीजले शासन ब्यक्तीको होइन ,बिधीको हुनुपर्छ ।भन्ने मुल नारा लाई आत्म साथ गर्दै एक ब्यक्ती एक पद र एक कार्यकाल लाई कार्यनयन गर्दै आइरहेको छ।
घोडाघोडी जेसीज २०२१मा बौनिया जेसीजको मातृत्वमा स्थापना भएको हो।