Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

त्रिवेणी ग्रामीण विद्युतको१६औं वार्षिक साधारणसभा सम्पन्न,अध्यक्षमा पुनःचौधरी निर्वाचित

  • कैलाली दर्पण
  • बुधबार, पुस २४, २०८१
त्रिवेणी ग्रामीण विद्युतको१६औं वार्षिक साधारणसभा सम्पन्न,अध्यक्षमा पुनःचौधरी निर्वाचित

२४ पुस/त्रिवेणी ग्रामीण बिधुत सहकारी सस्था लिमिटेड लम्कीचुहा ६ गुलरा कैलालीको १६ औं वार्षिक साधारणसभाबाट अध्यक्षमा पुनः बिलारु चौधरी  निर्विरोध निर्वाचित भएका छन।

चौधरी संगै साधारणसभाले सम्पुर्ण कार्यसमिति निर्बिरोध निर्वाचित गरेको हो।

जस्को उपाध्यक्षमा गोबिन्द ओली,सचीवमा मुक्ति प्रशाद तिमिल्सैना ,कोषाध्यक्ष गणेश बहादुर खड्का ,सदस्यहरुमा नैन बहादुर थापा मगर ,इन्द्र बहादुर बोहरा, धवल सिह खड्का ,मनसरा खड्का र जेनिशा बिसी रहेका छन।

यसैगरी लेखा समितिको संयोजक मान बहादुर शाही सदस्य लिला जंग शाही, मिना अधिकारी सल्लाहकार समितिको संयोजक महेन्द्र बहादुर स्वार ,सदस्य नेत्र प्रशाद जैसी र सन्तलाल चौधरी रहेका छन ।

कार्यसमिति ,लेखा समिति ,सल्लाहकार समिति निरबिरोध निर्वाचित भएको निर्वाचन समिती का संयोजक महेश रावलले एक कार्यक्रमका बिच घोषणा गरि गोपनियता शपथ ग्रहण गराइ पद स्थापना गराउनु भएको थियो ।

संस्थाका अध्यक्ष बिलारु चौधरीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथी वडा अध्यक्ष लोकेन्द्र कठायत, जिल्ला सहकारी संघका अध्यक्ष कृष्ण बहादुर खत्री ,समाजसुधार ग्रामीण बिधुत सहकारी सस्था बाघमाराका अध्यक्ष बल बहादुर खत्री ,पुर्व अध्यक्ष टेकबहादुर बिस्ट्ले शुभकामना मनतब्य राख्नु भएको थियो ।

कार्यक्रममा आर्थिक बर्ष ०८०/०८१ को आय ब्यय अनुमोदन गरिएको थियो ।

सदस्य इन्द्रबहादुर बोहराले स्वागत मनतब्य राखेकाे कार्यक्रमको संचालन सचीव मुक्ति प्रशाद तिमिल्सैनाले गरेका थिए ।

सम्बन्धित समाचार
ताजा अपडेट