१७ पुस/कैलालीको बौनियामा जारी सातौं संस्करणको ‘बर्दगोरिया सेती लोकमार्ग पहिचान महोत्सव’२०८१ को समय अवधी दुईदिन थप गरिएको छ ।
कृषि, व्यापार, संस्कृति र बर्दगोरिया धामको विकास,निर्माणाधीन सेती लोकमार्गको निकास’ भन्ने नाराका साथ यही पौष ९ गतेदेखि सुरु भएको महोत्सव १८ गते सकिने भनिएको थियो ।
दर्शकको मागलाइ मध्यनजर गर्दै पुस २० गतेसम्म समय थप गरिएको आयोजक बौनिया बजार व्यवस्थापन समितीका अध्यक्ष देवराज सिंह स्वारले बताए ।