निर्मला शाही,बाैनिया/कैलालीको मोहन्याल गाउँपालिका वडा नम्बर-३ फलेबिसौनामा ३ नम्बर वडा अध्यक्ष तथा नेपाली काङ्ग्रेस कैलाली जिल्ला सदस्य स्वर्गीय नन्दाराम गिरिको श्रद्धाञ्जली सभा सम्पन्न भएको छ ।
स्व.नन्दाराम गिरी (नवीन )को यहि मंसिर २१ गते प्राणघातक क्यान्सर रोग का कारण मृत्यु भएको थियोे ।
१२औँ दिनको पुण्य तिथि पारेर आज उहाँकै सम्झानामा मोहन्याल गाउँपालिकाको आयोजनामा श्रद्धाञ्जली सभा सम्पन्न भएको हो।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले श्रद्धाञ्जली सभामा बोल्दै स्व. नन्दाराम गिरिको निधनले आफू अत्यन्तै दुखित र मर्माहत भएको बताए । सरल स्वभाव शालीन व्यक्तित्व सवैको मनमा बस्न सफल जनप्रिय नेता गुमाउनुका साथै पार्टीले असल र जिम्मेवार नेता गुमाउँदा सुदूरपश्चिम प्रदेशलाई अपूरणीय क्षति भएको उनले बताए ।
यसैगरि पालिका अध्यक्ष देविदत्त उपाध्यायले मोहन्यालका जनताले एक कर्मशिल जनप्रिय नेता बिकास प्रेमी अग्रज अभिभावक गुमाउँदा सिंगो मोहन्याल क्षेत्र नै टुहुरो बनेको बताए । मोहन्याल गाउँपालिकाबाट स्वर्गीय गिरीको काजकिरिया खर्च स्वरुप १ लाख सहयोग गर्ने बताउदै स्व. गिरि प्रती भावपूर्ण श्रद्धाञ्जली तथा शोकमग्न परिवारप्रति गहिरो समवेदना प्रकट गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत रुपेश कुमार शर्मा बरालले स्वर्गीय गिरीको जीवन माथि प्रकाश पार्नु भएको थियो। यस्तै प्रमुख अतिथी मुख्य मन्त्री कमल बहादुर शाह ,उपाध्यक्ष कमल ब.साउँद , ७ नम्बर वडा अध्यक्ष नवराज कठायत ,नेपाली काङ्ग्रेसका लोकेन्द्र बहादुर बडुवाल ,नेकपा एमालेका खर प्रशाद अधिकारी ,नेकपा माओबादी केन्द्रका कमल बटालाले स्वर्गीय गिरीले समाज परिवर्तन र वडामा बिकास निर्माण र नेपाली काङ्ग्रेसको संगठन बिस्तार गर्न गरेको योगदानको बारेमा चर्चा गरेका थिए ।
गाउँ पालिकाका अध्यक्ष देविदत्त उपाध्यायको सभाध्यक्षतामा भएको कार्यक्रमको संचालन वडा सचिब टिकाराम पौडेलले गरेका थिए ।
