Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

नेपाल पत्रकार महासङ्घ कैलालीको अध्यक्षमा श्रवण देउवा निर्विरोध चयन

  • कैलाली दर्पण
  • बिहिबार, मंसिर २७, २०८१
नेपाल पत्रकार महासङ्घ कैलालीको अध्यक्षमा श्रवण देउवा निर्विरोध चयन

२७ मंसिर /नेपाल पत्रकार महासङ्घ कैलाली जिल्लाको अध्यक्षमा श्रवण देउवा निर्विरोध चयन हुनुभएको छ। प्रेस युनियन र प्रेस चौतारीको संयुक्त उम्मेदवारको रूपमा अध्यक्षको उम्मेदवारी दिएका देउवा प्रेस सेन्टरका टंक कुँवरले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि निर्विरोध चयन भएका हुन्।

नेपाल पत्रकार महासङ्घको चुनाव देशभरि २८ गते (भोलि) हुँदैछ, तर कैलाली जिल्लाको अध्यक्षमा देउवा निर्विरोध चयन भइसकेका छन्। यसअघि महिला उपाध्यक्षमा भावना जोशी सहसचिवमा शंकर बोहरा , आदिवासी जनजाति सदस्यमा सुधराम चौधरी, मधेसी सदस्यमा टेक सिंह धामी र अपाङ्ग सदस्यमा जगत जैगडी निर्विरोध चयन भएका हुन्।

सम्बन्धित समाचार
ताजा अपडेट