निर्मला शाही /लम्किचुहा नगरपालिकाले नेपालमा शुरू भइरहेको नेपाल प्रिमियर लिग (एनपीएल) खेलिरहेको सुदूरपश्चिम रोयल्स टिमका लागि नगद पुरस्कार घोषणा गरेको छ ।
नेपाल क्रिकेट संघको आयोजनामा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा संचालन भैरहेको नेपाल प्रिमियर लिगको पहिलो संस्करणमा सहभागी टिम सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिगको उपाधि जितेमा लम्कीचुहा नगरपालिकाको तर्फबाट १ लाख रुपैया नगद पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ।
आफ्नो प्रदेशको प्रतिनिधित्व गरेर खेलेको टिमको हौसलाका लागि नगरपालिकाले नगद पुरस्कार घोषणा गरेको नगरप्रमुख शुशिला शाहिले बताउनु भएको छ।
