९ कार्तिक/कैलालीको लम्किचुहा नगरपालिका १ लम्कीमा घिर्तकौशिक गोत्रीय खनाल हरुको भेला बिहिवार सम्पन्न भएको छ।
खनाल सेवा समाज लम्कीचुहाको लम्कीमा बसेको बैठकले कार्तिक १३ गते शुभ दिपावली र छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने निर्णय गरेको छ ।
खनाल सेवा समाज कैलालीका अध्यक्ष तथा केन्द्रीय उपाध्यक्ष नवराज खनालको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो ।
भेलाले पत्रकार चन्द्र प्रशाद खनालको संयोजकत्वमा खनाल सेवा समाजको नगर स्तरीय तदर्थ समिती गठन गरेको छ।
उक्त कार्यक्रमको तयारी समितिको संयोजकको जिम्मेवारी चन्द्र प्रसाद खनाललाई दिइएको छ भने सदस्यमा नामकर खनाल ,लोकराज खनाल , चक्र खनाल , सुर्य खनाल ,राम प्रसाद खनाल , तिलक खनाल , लोकेश मधुकर खनाल र कमल खनाल रहेका छन् ।
घिर्तकौशीक गोत्रीय खनाल बाट दैलेखको नेपा बाट नेपाल ,वड बाट बराल ,पन्डीत सहित ४ भाइ ब्राहमन र सुतार कार्की क्षेत्री सहित ५ भाइ बन्धु रहेका छन् ।
खनाल सेवा समाजले बिस्तारै जिल्ला ब्यापीरुपमा गोत्रीय भाइ बन्धु हरुको विवरण खोजी कार्य अभियान चलाइ अभिलेख तयार गर्ने संयोजक चन्द्र प्रशाद खनालले बताए ।
