Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

दोस्रो आशिष स्मृति कप फुटबल प्रतियोगिता सुरु 

  • कैलाली दर्पण
  • बिहिबार, कार्तिक १, २०८१
दोस्रो आशिष स्मृति कप फुटबल प्रतियोगिता सुरु 

३०असोज/ कैलालीको लम्किचुहा नगरपालिका वडा नम्बर ६ बाघमारामा क्याम्बिर्ज इङलिस बोर्डिङ स्कुल लम्किचुहा ४ बलियाको आयोजना बुधबार  देखि  दोस्रो आशिष स्मृति कप फुटबल प्रतियोगिता २०८१ सुरु भएको छ।

बिधालय संचालन समितिका कोषाध्यक्ष राम बहादुर बोगटीको स्वागत मनतब्य संगै सुरु भएको कार्यक्रममा प्रमुख अतिथी पुर्व शिक्षा तथा खेलकुद राज्य मन्त्री मोहन सिह राठौर ,बिशिस्ट अतिथी वडा अध्यक्ष लोकेन्द्र कठायत,बिशिस्ट अतिथी किसान बहुउद्देश्यीय सहकारी सस्थाका महा प्रबन्धक डम्बरबहादुर शाह ,पुर्व क्याम्पस प्रमुख सरोज शाह ,कृष्ण माध्यामिक बिधालय बाघमारा प्रधानाध्यापक गजेन्द्र शाही ,चम्किलो तारा प्राथमिक बिद्यालय बामनपुर का अध्यक्ष पदम खड्का लगायतले आशिष् स्मृति कप प्रतियोगिता लाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए ।

प्रतियोगितामा सामुदायिक र निजि गरि १८ वडा बिधालयको सहभागिता रहेको छ।

बिधालय संचालक समितिका अध्यक्ष बृख बहादुर बिस्ट्को सभापतित्वमा भएको कार्यक्रमको संचालन प्रधानाध्यापक मोहन ढुंगानाले गरेका थिए ।

उदघाटन सत्रमा भएको सो म्याच खेल कृष्ण माध्यमिक बिधालय बाघमारा र नाता एकेडेमी लम्की बिच भएको थियो । पहिलो खेलमा उज्यालो शिक्षा सदन लम्किले  रास्टिय नमुना माध्यमिक बिधालय मोतिपुर लाई ० विरुद्ध २ गोलले पराजित गरेको थियो।

सम्बन्धित समाचार
ताजा अपडेट