६ साउन/ नेपाली कांग्रेस घोडाघोडिले अस्पतालका विरामीहरुलाई फलफूल वितरण गरेको छ ।
आज ४२औँ विपि स्मृति दिवसको अवसर पारेर नेपाली काङ्ग्रेस घोडाघोडी नगर कार्यसमितिले सुखडमा रहेको घोडाघोडी अस्पतालमा उपचार गराई रहेका विरामीहरुलाई फलफूल वितरण गरेको छ । स्मृति दिवसका अवसरमा तस्वीरमा माल्यापर्ण पनि गरेको छ।
नेपाली काङ्ग्रेस घोडाघोडी नगर कार्यसमितीका सभापति बम बहादुर सिंहको सभापतित्वमा एक कार्यक्रमबीच विरामीहरुलाई फलफूल प्रदान गरिएको हो । विपीको स्मृतिलाई मध्यनजर गर्दै सो फलफूल वितरण गरिएको जनाइएको छ ।
अस्पतालमा रहेको करिब ३० जना विरामीहरुलाई स्याउ, केरा, आँप, विस्कुट, जुस लगायतका समाग्रीहरु वितरण गरिएको थियो।
कार्यक्रमका नेपाली काङ्ग्रेस घोडाघोडी नगर सभापति बम बहादुर सिंह, कैलाली निर्वाचन क्षेत्र नम्बर ३ (ख) का कार्यवाहक सभापति मान बहादुर बिस्ट ,घोडाघोडी नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष घनश्याम ओझा र नगर सभापति सिहले नेपालीका सस्थापक सभापति र जन निर्वाचित पहिलो प्रधानमन्त्री स्वर्गीय बिपि कोइरालाले नेपाल मा नेपाली काङ्ग्रेसको स्थापना र पार्टी बिस्तार देशमा निरंकुश राणा शासन र पन्चायती ब्यबस्थाप विरुद्ध गरेको योगदानको चर्चा गर्नु भएको थियो ।
कांग्रेसका संस्थापक वीपी कोइरालाको स्मृति दिवसको अवसरमा कैलालीसहित देशभरी विभिन्न कार्यक्रम गरि मनाइएको हो।नेपाली कांग्रेसका संस्थापक नेता विश्वेश्वर प्रसाद कोइरालाको ४२ औ“ स्मृति दिवसको अवसरमा कैलालीमा फलफूल वितरण, वृक्षारोपण लगायतका कार्यक्रम गरि मनाइएको छ ।