Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

बाजुराको च्याचौर घटनामा घाइतेको उपचार प्रदेश सरकारले गर्ने- मुख्यमन्त्री शाह

  • कैलाली दर्पण
  • आइतवार, जेष्ठ १०, २०८३
बाजुराको च्याचौर घटनामा घाइतेको उपचार प्रदेश सरकारले गर्ने- मुख्यमन्त्री शाह

जेष्ठ १०, कैलाली/सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले बाजुरा जिल्लाको हिमाली गाउँपालिका–३, च्याचौर क्षेत्रमा निर्माणाधीन अस्थायी प्रहरी चौकीको विषयमा भएको झडपमा घाइते भएकाहरूको उपचार प्रदेश सरकारले गर्ने बताउनु भएको छ ।

नेपाली काँग्रेसको बृहत्तर एकता र पुनर्जागरणका लागि आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले घाइतेहरूको उपचारको सम्पूर्ण जिम्मा प्रदेश सरकारले लिने र क्षतिपूर्तिको एकिन विवरण आएपछि त्यसको व्यवस्थापनमा समेत सरकार गम्भीर रहने स्पष्ट पार्नुभयो ।
उहाँले घटनामा संलग्न दोषीमाथि कानुनी कारबाहीका लागि प्रहरी प्रशासनले सक्रियता बढाएको जानकारी दिँदै अवरुद्ध कर्णाली कोरिडोर तत्काल सुचारु गर्न स्थानीयवासीलाई आग्रह गर्नुभयो ।
जेठ २ गते बाजुराजिल्लाको हिमाली गाउँपालिका–३ च्याचौर अस्थायी प्रहरी चौकी निर्माण गर्ने क्रममा हुम्लाका स्थानियले अवरोध गर्दा झडप भएको थियो । हुम्लाका स्थानीयको कुटपिटबाट बाजुराका ६ जना घाइते भएका थिए । घटनापछि हिमाली युवा क्लबले पालिकाको केन्द्र धुलाचौरमा अवरुद्ध गरेको कर्णाली कोरिडोर जिल्ला प्रशासन कार्यालय बाजुराको समन्वयमा सर्वपक्षीय छलफल भई सडक सुचारु भएको थियो ।
हिमाली युवा क्लबसँग घटनाको छानबिन गर्ने, लुटिएका व्यक्तिगत तथा सार्वजनिक सम्पत्ति फिर्ता गराउने, घाइतेहरूको उपचार सुनिश्चित गर्ने तथा लामपाटाबाट विस्थापित स्थानीयको सुरक्षाको प्रत्याभूति गराउने लगायत ६ बुँदे सहमति भएपछि कर्णाली कोरिडोर पुनः सञ्चालनमा आएको थियो।
सहमति अनुसार मागहरू सम्बोधन नभएको भन्दै त्यहाँका स्थानीय र युवाहरुले कर्णाली कोरिडोरमा पुन: अवरुद्ध गरेका छन्
सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८२/०८३ मा उक्त क्षेत्रमा अस्थायी प्रहरी चौकी निर्माणका लागि ४० लाख रुपैयाँ विनियोजन गरेको थियो। प्रदेश सरकारले हिमाली गाउँपालिकामार्फत वित्तीय हस्तान्तरण गरी निर्माण कार्य अघि बढाएको जनाएको छ। मुख्यमन्त्री शाहले उक्त क्षेत्र सुदूरपश्चिम प्रदेशअन्तर्गत पर्ने स्पष्ट पार्दै विनियोजित बजेट प्रभावकारी रूपमा कार्यान्वयन गरिने बताउनु भयो ।

सम्बन्धित समाचार
ताजा अपडेट