Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

जनसेवा माविमा कक्षा ११ का विद्यार्थीले गरे १२ का विद्यार्थीलाई बिदाई

  • कैलाली दर्पण
  • बुधबार, चैत्र २८, २०८०
जनसेवा माविमा कक्षा ११ का विद्यार्थीले गरे १२ का विद्यार्थीलाई बिदाई
{"remix_data":[],"remix_entry_point":"challenges","source_tags":[],"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{"addons":1,"transform":1},"is_sticker":false,"edited_since_last_sticker_save":true,"containsFTESticker":false}

चैत २८ बौनिया/जिल्लाको लम्किचुहा नगरपालिका वडा नम्बर  २ गणेशपुरमा रहेको जनसेवा माध्यमिक विद्यालयका  कक्षा ११ मा अध्यनरत  विद्यार्थी बाट कक्षा १२ का विद्यार्थीलाई एक कार्यक्रमका बिच  बुधबार बिदाइ गरिएको छ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष नबराज बिस्टको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथी लम्किचुहा वडा नं.२ का वडा अध्यक्ष सन्तोष कुमार ओलि रहेका थिए ।

शिक्षक चन्द्र जैसीको स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रममा प्रमुख अतिथी  वडा अध्यक्ष सन्तोष कुमार ओलि ,वडा सदस्य उमाकान्त देवकोटा  प्रधानाध्यापक मित्रलाल चौधरी ,विद्यार्थी तपेन्द्र धमालाले शुभकामना मनतब्य राखेका थिए ।

यसैगरी कार्यक्रममा वार्षिक परिक्षाको नतिजा प्रकाशित गरि कक्षा १ देखि ९ सम्म का  प्रथम ,दृतिय र तृतीय हुने विद्यार्थी  लाई  पुरस्कार वितरण कार्यक्रम गरिएको थियो ।

कार्यक्रमको संचालन शिक्षक कृष्ण प्रशाद अधिकारीले गरेका थिए ।

२०४५ सालमा स्थापना भएको उक्त विद्यालयमा हाल कक्षा १२ सम्म करिब ९ सय विद्यार्थीहरु अध्ययनरत छ्न ।

सम्बन्धित समाचार
ताजा अपडेट