Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

बर्दगोरिया महोत्सवमा आज चैत्र ११ गते नायक पल शाह आउने

  • कैलाली दर्पण
  • आइतवार, चैत्र ११, २०८०
बर्दगोरिया महोत्सवमा आज चैत्र ११ गते नायक पल शाह आउने

बर्दगोरिया सेती लोकमार्ग पहिचान महोत्सवमा आज नायक पल शाह आउदै

बर्दगोरिया साहित्य तथा सास्कृतिक मञ्चको आयोजनामा सुरु भएको बर्दगोरिया सेती लोकमार्ग पहिचान महोत्सवमा चैत ११ गते आज चर्चित नायक पहल शाहको प्रस्तुति हुने भएको छ ।

कृषि ब्यापार ,संस्कृती र पर्यटनको बिकास : निर्माणाधीन सेती लोकमार्गको निकास भन्ने मुल नारा दिएको महोत्सवमा आज चैत ११ गते चर्चित नायक पल शाह , टेक बि सि ,उद्घोषिका रुपा जि एम लगाएत स्थानिय कलाकारहरुको प्रस्तुती रहने छ ।

चैत  ९ गते देखि १८ गते सम्म सन्चालन हुने महोत्सवमा गायक कमल खत्री ,चक्र बम, पशुपती शर्मा , शान्ती श्री परियार,  एलिना चौहान, गायिका अनु चौधरी , देउडा गायक लाल बहादुर धामी (अछामी बड्डो) मोडल रुबिना अधिकारी , शुशिला कार्की, गायिका तथा उद्घोषिका रुपा घर्तिमगर, मोडल रितु चौधरी कल्पना पाण्डे (कुशुम), र्‍यापर जगत तिरुवा,हास्य कलाकारहरु सहित सुदुरपस्चिमका चर्चित देउडा कलाकारहरुको प्रस्तुती रहने छ । महोत्सवमा एक दर्जन बढी कलाकारहरुले आफ्नो प्रस्तुती राख्ने छन ।

महोत्सव अवलोकनका लागि टिकटमा सर्वसाधारणलाइ १ सय, बिद्यार्थीका लागि ५० र अशक्तका लागि छुटको ब्यवस्था गरिएको छ । साथै टिकट बाट उठेको प्रती टिकट १ रुपैयाँ बर्दगोरियामा रहेको सहारा घरलाई छुटाउने आयोजकले जनाएको छ ।

सम्बन्धित समाचार
ताजा अपडेट