Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

बर्दगोरिया महोत्सव आजदेखि,भौतिक पुर्वाधार मन्त्री देउवाले उद्घाटन गर्ने

  • कैलाली दर्पण
  • शुक्रबार, चैत्र ९, २०८०
बर्दगोरिया महोत्सव आजदेखि,भौतिक पुर्वाधार मन्त्री देउवाले उद्घाटन गर्ने

कैलालीको बौनियामा आयोजना हुने बर्दगोरिया सेती लोकमार्ग पहिचान महोत्सव २०८० को तयारी पूरा भएको छ ।

बर्दगोरिया साहित्य तथा सास्कृतिक मञ्चको आयोजनामा हुन लागेको सो महोत्सव सेती लोकमार्गको कामलाई तिब्रता दिन दबाब पुगोस भन्ने उद्देश्य अनुरुप हुन लागेको हो ।

कृषि ब्यापार ,संस्कृती र पर्यटनको बिकास : निर्माणाधीन सेती लोकमार्गको निकास भन्ने मुल नाराका साथ आयोजना गरिएको सो महोत्सवको उद्घाटन शुक्रबार एक कार्यक्रमका बिच  सुदूरपश्चिम प्रदेशका भौतिक तथा  पुर्वाधार विकास मन्त्री प्रकाश बहादुर देउवाले गर्नेभएका छन।

चैत  ९ गते देखि १८ गते सम्म सन्चालन हुने महोत्सवमा चर्चित नायक पल शाह, गायक कमल खत्री ,चक्र बम, पशुपती शर्मा , शान्ती श्री परियार,  एलिना चौहान,शृजना खत्री (हाउडेमाया), गायिका अनु चौधरी , देउडा गायक लाल बहादुर धामी (अछामी बड्डो) मोडल रुबिना अधिकारी , शुशिला कार्की, गायिका तथा उद्घोषिका रुपा घर्तिमगर, मोडल रितु चौधरी, उद्घोषिका कल्पना पाण्डे (कुशुम),र्‍यापर जगत तिरुवा हास्य कलाकारहरु सहित सुदुरपस्चिमका चर्चित देउडा कलाकारहरुको प्रस्तुती रहने छ । महोत्सवमा एक दर्जन बढी कलाकारहरुले आफ्नो प्रस्तुती राख्ने छन ।

महोत्सवमा यहाँका पर्यटकिय क्षेत्रका पोस्टर राखिनुका साथै रमाइलो मेला,मगर गाउँ, थारु गाउँ, डेउडा,थारु नाच लगायत विभिन्न सस्कृती झल्किने प्रस्तुति सङ्गै ख्याती प्राप्त कलाकारहरुको प्रस्तुती रहने छ ।

महोत्सव अवलोकनका लागि टिकटमा सर्वसाधारणलाइ १ सय, बिद्यार्थीका लागि ५० र अशक्तका लागि छुटको ब्यवस्था गरिएको छ । साथै टिकट बाट उठेको प्रती टिकट १ रुपैयाँ बर्दगोरियामा रहेको सहारा घरलाई छुटाउने आयोजकले जनाएको छ ।

सम्बन्धित समाचार
ताजा अपडेट