फागुन २०/नेकपा एमाले मोहन्याल गाउँ कमीटी सचिवालय सदस्य भिम बमको निधन भएको छ।
मोहन्याल गाउपालिका वडा नम्बर १ चोसेकाडा निवासि ३४ बर्षिय भिम बहादुर बम लामो समय देखि मृगौला रोग र जन्डिस रोगबाट पीडित थिए उहाँको २ वटै किड्नीले काम गर्न छोडे पछि बमको निधन भएको हो।
बमले २०५६ सालमा नेकपा एमाले सङ्गठित सदस्यता प्राप्त गर्नु भएको थियो। वडा कमिटी इन्चार्ज हुँदै हाल गाउँ कमिटी सचिवालय सदस्यको जिम्मेवारीमा रहनु भएको थियो ।
बम रास्टिय आधारभुत बिधालय चोसेकाडाका पुर्व बिधालय ब्यबस्थापन समितिका अध्यक्ष समेय हुन ।उहाँको निधनले पार्टी र समाजमा अतुलनीय क्षेती भएको नेकपा एमाले मोहन्याल गाउँ कमिटीले जनाएको छ। स्वर्गीय बमका श्रीमति सहित एक छोरा र दुई छोरी छन।