Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

बर्दगोरिया धार्मिक मेलामा पुष २९गते आउने कलाकारहरु

  • कैलाली दर्पण
  • शनिबार, पुस २८, २०८०
बर्दगोरिया धार्मिक मेलामा पुष २९गते आउने कलाकारहरु

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर २ मा रहेको धार्मिक तथा पर्यटकीय क्षेत्र बर्दगोरिया धाममा पौष २९ गते आईतवार विभिन्न राष्ट्रिय तथा स्थानिय कलाकारहरुको प्रस्तुति हुने भएको छ ।

मेलामा पौष २९ गते बिधालय स्तरिय नृत्य प्रतियोगिता संगै चर्चित कलाकारहरूको प्रस्तुति रहने कलाकार संयोजक वीर चौधरीले जानकारी दिए ।

बर्दगोरिया बिकास क्षेत्र तथा संरक्षण मञ्चको आयोजनामा भइ रहेको बर्दगोरिया धार्मिक पर्यटकीय स्सस्कृतिक माघी मेलामा पौष २९ गते चर्चित थारु गायक रमेष मिशन,आधुनिक गायक भरत ताम्राकार , चर्चित डान्सर सदिच्छा चौधरी , नेहल्जा चौधरी लगाएत स्थानिय डान्स एकएडेमिका प्रस्तुति हरु रहने छन ।

विगत २१ सय वर्षदेखि लाग्दै आएको माघी मेलामा यस पटक स्थानिय तथा राष्ट्रिय कलाकारका साथै भजन किर्तन, रामलीला पनि प्रस्तुती रहने आयोजकले जानकारी दिएको छ ।

माघी मेलाको माध्यमबाट बर्दगोरिया धार्मिक क्षेत्रको विकास, प्रचारप्रसार र पहिचानको संरक्षणका साथै आन्तरिक पर्यटनलाई प्रबर्द्धन गर्ने गरि मेलाको आयोजना गरिएको हो ।

बर्दगोरिया धाममा माघीमा परापुर्बकाल देखिनै ठुलो मेला लाग्ने गरेको छ । ‘विशेष त थारु जातिले नयाँ बर्षका रुपमा लिदै आएको माघ महिनामा मेला कैलालीका विभिन्न क्षेत्र र बर्दियाका साथै भारतका तिकुनिया, शिंघाई बाट भक्तजन तथा पर्यटक अवोलकनका लागी आउने गरेका छन ।

परापूर्व कालदेखिको पौराणीक महत्व बोकेको कन्याराजाको दरबार, साईबाबा मन्दिर, शिब मन्दिर, कुवा, तथा पिरुवा, पुरैना ताल, राम जानकी मन्दिर ,झरझरिया पिकनिक स्थल, ठाकुरद्वारा पिकनिक स्थलको पनि मेलामा प्रचारप्रसार गरिने जानकारी गराईएको छ ।

सम्बन्धित समाचार
ताजा अपडेट