बर्दगोरिया । बर्दगोरिया गाउँउपालिका बिकास निर्माणको कार्यमा तल्लीन बनेको छ । बर्दगोरिया गाउँपालिकाले फेरि यश बर्ष पनि पानी पिचको कार्यलाई निरन्तरता दिदै वडा नम्बर ६ को जोकाहीमा मंगलबारबाट सुरु गरेको छ । आफ्नै स्रोत साधन भएको बर्दगोरिया गाउँपालिकाले सडक संजालमा सबैलाई जोडन पालिकाका मुख्य सडक संगै भित्री सडकमा पानी पिच गर्ने योजना रहेको छ ।
बर्दगोरिया गाउपालिका अध्यक्ष कर्ण बहादुर कुँवरले भन्नू भयो हामी पालिकाका सबै बाटो पानी पिच गर्न अगाडी बढेका छौ, त्यसमा तपाईहरुको साथ चाहिएको छ, पानी पिच गर्दा बाटोमा भएका ढुङ्गा ,बालुवा र अन्य काठ लगाएतका सामाग्रीले निर्माण कार्यमा अवरोध गर्ने हुदा सबैले आ आफ्नो सामाग्री उठाएर सहयोग गर्न अनुरोध समेत गर्नु भएको छ ।
अध्यक्ष कुँवरका अनुसार जनतालाई बर्षातमा हिलाम्मे सडकका कारण दु:ख नहोस् भन्दै पानी पिचको कामलाई तीब्रता दिएको बताउनु भयो । बर्दगोरिया गाउँपालिकाको गुणस्तरीय र दिगो बिकास गर्न बर्दगोरियाका अध्यक्ष कर्ण बहादुर कुँवर तल्लीन देखिनु हुन्छ ।
उहाँले भन्नुभयो बर्षातको समय हुने हिल्लाम्मे र बाटो हिड्न अहसजताका कारण पानी पिच गर्ने कार्यलाई निरन्तरता दिएको हु । आफू जनताको सेवक भएका कारण जनताले कुनै किसिमको दु:ख पाउनु हुदैन भन्दै यश बर्ष पालिकाका सबै बाटो पानी पिच गरेर सक्छौ ।
सबै वडामा पानी पिचको काम सक्ने गरि अगाडि बढिरहेको बर्दगोरिया गाउपालिका यतिबेला वडा नम्बर ६ को जोकाही देखि पृथ्वीपुर जोडने सडकमा पानी पिचको काम अगाडी बढेको छ ।
जोकाही देखि पृथ्वीपुर सम्म पानी पिच बनेपछी स्थानियलाई अहिले होस या बर्षातको समयमा आवतजावत गर्न सहज हुने वडा नम्बर ६ का अध्यक्ष राम कृष्ण डगौरा थारुले बताउनु भयो ।
वडा अध्यक्ष चौधरीका अनुसार सबैको साथ सहयोगले बर्दगोरिया गाउँपालिकालाई नमुना संगै भ्रष्टाचार मुक्त पालिका बनाउन हामी लागिरहेको बताउदै सडक छेउमा राखिएका ढुङ्गा ,बालुवा अन्य कुनैपनी सामाग्री नराख्न आग्रह समेत गर्नुभएको छ ।
पालिकाले गत बर्ष वडा नम्बर ५ रामपुर देखि जोशिपुरको सिमा सम्म करिब ४ किलोमीटर र वडा नम्बर २ झगडपुर देखि वडा नम्बर ३ को जरैठाडा सम्म ४ किलोमिटर र वडा नम्बर ४ को महेन्द्रराज मार्ग देखि घोडाघोडी नगरपालिकाको बछुरिया जोड्ने सडकमा ५ किलोमीटर पानी पिच सम्पन्न गरिसकेको छ । यता वडा नम्बर १ महेन्द्रराजमार्ग देखि मुडा छापाबाग हुँदै बास्कोटि सम्म ३ किलोमीटर सडकमा पानी पिच कार्य सम्पन्न गरेको थियो ।
दिगो बिकास र समृद्धिको मार्ग द्रुत गतिमा अगाडि बढाउदै गएको पालिकले यतिबेला सडक मर्मत तथा सुधारमा जोड दिदै आएको छ । गत आर्थिक बर्षमा पालिकाले करिब १७/१८ किलोमीटर पानी पिचको काम सम्पन्न गरेको थियो ।
पालिका अध्यक्ष कुँवरले भन्नुभयो यो आर्थिक बर्षमा पालिकाका सबै सडक पानी पिच गर्नुपर्ने छ,त्यसैले सबै ठाउँमा छिटोभन्दा छिटो सक्नका लागि उपभोक्ता समिती र प्राबिधिकलाई निर्देशन समेत दिनुभएको छ ।
पालिका अध्यक्ष कुँवरको लक्ष्य अनुसार बिकास र समृद्धिको माग्रचित्रलाई अनुसरण गर्दै पालिकालाई आगामी आर्थिक बर्षमा पानी पिच भएका सबै सडकलाई कालोपत्र गरि सक्ने योजना रहेको छ ।
बिगतमा देखिका जनताका समस्या र आवश्यकताहरूलाई अनुसरण गर्दै बिकास लगाएत अन्य क्षेत्रमा निरन्तर खटिनुले जनताले समेत पालिका नमुना बन्ने आशा गरेका छन ।
स्थानिय ध्वज बहादुर सुनारले बर्दगोरिया गाउँपालिकाले राम्रो काम गर्दै आएको भन्दै पालिका अध्यक्ष र पालिकालाई धन्यवाद व्यक्त गर्नु भयो । उहाँले भन्नुभयो पालिकाले ६ नम्बर बाट सुरु गरेको पानी पिचको कामले निरन्तरता संगै १ नम्बर सम्मका विभिन्न बाटो पानी पिच भए नमुना काम संगै सबै जनता खुशी हुने छन ।