बौनिया – मोहन्याल गाउँपालिकाले जाजरकोट, रुकुम पश्चिम र वरपरका जिल्लाका भूकम्पपीडितहरुको सहायताका लागि १३लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ।

गएको शुक्रवार राती जाजरकोट जिल्लालाई केन्द्र बिन्दु बनाएर गएको भूकम्पका कारण ठूलो धनजनको क्षति भएको छ ।
गाउँपालिकाले राहत स्वरुप १३ लाख ५० हजार रुपैयाँ सहयोग गरेको गाउँपालिका अध्यक्ष देवीदत्त उपाध्यायले जानकारी दिए।
अध्यक्ष उपाध्यायका अनुसार गाउँपालिकाले जनप्रतिनिधि, कर्मचारी र शिक्षकको मासिक तलब सुविधाबाट सोधभर्ना हुनेगरी उक्त सहयोग गरेको हो।
जनप्रतिनिधिले आफ्नो १० दिनको, अधिकृत स्तरको कर्मचारीले ५ दिनको र सहायक तथा सहयोगी कर्मचारीले आफ्नो ३ दिन बराबरको र माध्यमिक तहका शिक्षकहरुले ५ दिनको र अन्य तहको शिक्षकहरुले ३ दिन बराबरको पारिश्रमिक भूकम्प पीडितहरुलाई राहत उपलब्ध हुने प्रधानमन्त्री राहत तथा उधारकोस पत्र मार्फत उपलब्ध गराइएको छ।
गाउँपालिकाले भूकम्पका कारण मृत्युवरण गर्ने नागरिकहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्तपरिवारजनमा समवेदना प्रकट गर्नुका साथैघाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।