Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

दशैं तिहारको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

  • कैलाली दर्पण
  • सोमवार, कार्तिक ६, २०८०
दशैं तिहारको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

कार्तिक ६/ दैलेखको चामुन्डा बिन्द्रासैनी नगरपालिका ६ लाइनचौरमा नेपाल मजदुर किसान पार्टीका केन्द्रिय सदस्य तथा पुर्व संविधान सभा सदस्य जग्गे बहादुर शाहीको आयोजनामा २०८० सालको बिजया दशमी तथा शुभ दिपावलिको शुभकामना आदानप्रदान कार्यक्रम सोमबार सम्पन्न भएको छ।

कार्यक्रममा पुर्व प्रतिनिधि सभा सदस्य राज बहादुर बुढा ,अखिल नेपाल किसान महासंघ केन्द्रीय उपाध्यक्ष तथा पुर्व जिबिस दैलेखका उप सभापति सुर्य बहादुर शाही ,नेपाल क्रान्तिकारी किसान संघका केन्द्रीय सदस्य निरक बहादुर शाही वडा नम्बर ३ का वडा अध्यक्ष दिपक बहादुर शाही ,वडा नम्बर ६ का वडा अध्यक्ष बलिराज खड्का ,वडा नम्बर ७ का वडा अध्यक्ष इन्द्र प्रशाद शर्मा ,वडा नम्बर ९ का वडा अध्यक्ष प्रेमबहादुर रावल ,कार्यपालिका सदस्य पुरे कामी यसैगरी नेपाली काङ्ग्रेसका क्षेत्रीय सचिव प्रकाश बहादुर शाही ,नेकपा एमाले नगर कमिटी अध्यक्ष रबिन्द्र शाही ,कोसेली एफएम ९७. मेगार्हजका प्रबन्धब निर्देशक लिलाजङ्ग शाही ,नेपाल रास्टिय शिक्षक संगठन जिल्ला कमिटी सदस्य भुवन कुमार शाही ,चामुन्डा कलेज स्ववियु सभापति सुनिल शाही लगायतका बक्ताहरुले शुभकामना आदानप्रदान तथा सुखी नेपाली समृद्ध नेपाल निर्माणका लागि सबै पार्टीका नेता र जन प्रतिनिधिहरुले हात्तेमालो गरि समाजको आवश्यक र भावना अनुसार चामुन्डाबिन्द्रासैनी नगरपालिका र दैलेख जिल्लाको बिकास निर्माणमा जोड दिएका थिए ।

पुर्ब संविधान सभा सदस्य जग्गे बहादुर शाहीको सभापतित्वमा भएको कार्यक्रमको संचालन नेपाल मजदुर किसान पार्टी का जिल्ला कमिटी सदस्य शान्ति प्रशाद शर्माले गर्नु भएको थियो

सम्बन्धित समाचार
ताजा अपडेट