Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

लम्किचुहा६,लाई मोर केयरको एम्बुलेन्स हस्तान्तरण

  • कैलाली दर्पण
  • शुक्रबार, अशोज १२, २०८०
लम्किचुहा६,लाई मोर केयरको एम्बुलेन्स हस्तान्तरण

बौनिया/कैलालीको लम्किचुहा नगरपालिका वडा नम्बर ६ मा रहेको मोर केयर सेवा समाजले एम्बुलेन्स हस्तान्तरण गरेको छ।
शुक्रबार वडा कार्यलयमा एक कार्यक्रमको आयोजना गरि मोर केयर  सेवा समाज लम्किचुहा ६ गुलरा कैलालीले आफ्नो स्वामित्वमा बिगत ८ बर्ष देखी रहेको एम्बुलेन्स वडा कार्यलय लाई हस्तान्तरण गरेको हो।

२०७० सालको दोस्रो संविधान सभामा समानुपातिक संविधान सभा सदस्य रबनी कुमारी चौधरीको सांसद बिकास कोष बाट ८० प्रतिसत र मोर केयर सस्थाको तर्फबाट २० प्रतिसत लगानीमा उक्त एम्बुलेन्स संचालन गरिएको थियो ।

उक्त एम्बुलेन्स अब देखि वडा कार्यलयले पिपरकोटी आधारभुत स्वास्थ ईकाइको स्वामित्वमा रहने गरि हस्तान्तरण गरिको सस्थाका अध्यक्ष कालू सिह भुलले बताए ।

अब देखि वडा र छिमेकी वडाका बिरामी हरु लाईसहुलियत दरमा नेपालगन्ज ,धनगढी सम्म लैजान र ल्याउन प्रयोगमा ल्याउने वडा अध्यक्ष लोकेन्द्र कठायतले बताए ।

साथै कार्यक्रममा सस्थाका अध्यक्ष कालू सिह भुल ,उपाध्यक्ष टेकबहादुर बिस्ट ,सचीव बिर्ख कठायत,सदस्य गोबिन्द चन्द ,निराजन बजगाइ लगायत लाई वडा कार्यलयले सम्मान गरेको छ।

सम्बन्धित समाचार
ताजा अपडेट