सुखड कैलाली ।
कैलालीको घाडाघोडी नगरपालिकाका बिद्यार्थिहरुलाई ब्यवहार परिवर्तन सम्बन्धि अभिुमुखिकरण गरिएको छ । वडा न ८ स्थित मेलघट्टी माध्यामिक बिद्यालयमा अध्यनरत कक्षा १० का बिद्यार्थिहरुलाई अभिमुखिकरण गरिएको हो ।
युनिसेफ नेपालको सहयोगमा बास नेपालद्धारा सञ्चालित ब्यवहार परिवर्तन परियोजना अन्तर्गत बास नेपालकी सामाजिक परिचालक ईन्द्रा केसिले ८५ जना बिद्यार्थिहरुलाई अभिमुखिकरण गरेकि थिईन ।


बिद्यार्थिहरुलाई बाल विवाह न्युनिकरण,जन्मदर्ता, खोप सेवा लगायतका बारेमा अभिमुखिकरण गरिएको थियो । कैलालीको घोडाघोडी नगरपालिका,धनगढी उपमहानगरपालिका लगायत सुदुरपश्चिमका ६ ओटा पालिकाहरुमा संचालित उक्त परियोजनाको उदेश्य खोपको महत्व तथा खोपमा पहुँच वृद्धि गर्नका लागि लाभान्वित समुदाय तथा स्थानीय सरकार संग पैरवी गर्ने रहेको छ । त्यसैगरी बालबालिकाको जन्म दर्ता अभियानका साथसाथै बाल विवाह न्यूनीकण सम्बन्धी जनचेतना मुलक अभियान सञ्चालन गर्नु समेत रहेको छ ।