१३ वैशाख । दार्चुलाबाट एक सुत्केरी महिलाको हेलिकप्टर मार्फत उद्दार गरिएको छ । जिल्लाको व्याँस गाउँपालिका–६ हुतिकी ३० वर्षीया भागरथी बडूको नेपाली सेनाको हेलिकप्टरबाट उद्दार गरिएको हो ।

राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत गर्भपति बडूको उद्यार गरिएको प्र्रमुख जिल्ला अधिकारी किरण जोशीले बताईन् । उनको गर्भमा जुम्ल्याहा बच्चा रहेको र एक बच्चालाई मङ्गलबार
जन्म दिएपनि एउटा बच्चा जन्माउन नसक्दा थप उपचारका लागि उनलाई बुधबार बिहान हेलिकप्टरमार्फत कर्णाली प्रादेशिक अस्पताल सुर्खेत लगिएको प्रमुख जिल्ला अधिकारी जोशीले जानकारी दिइन् ।