जमुना न्युरे
सुखड १८ फागुन÷
कैलालीको भजनि नगरपालिका ७ स्थित पुरैना ताल नाप नक्साङ्कनका लागि टोली खटाएको तिन महिना सम्म पनि नक्साङ्गकन हुन सकेको छैन ।
डिभिजन वन कार्यलय पहलमानपुरले अतिक्रमित ताल वरपर ब्यक्तिको नम्बरी जमीन भएकाले आफुहरुले नापजाँच तथा रेखांकन गर्न नमिल्ने हुदा नापी कार्यलय धनगढीलाई अनुरोध गरेको थियो ।
समन्वय गरि रेखांकन गरि दिनका लागि डिभिजन बन कार्यलय पहलमानपुरले २०७९÷२÷२७ गते नापी कार्यलय धनगढीलाई प्राविधिक खटाइ दिन आग्रह गरेको थियो ।

वन कार्यलयले पत्र पठाएको ७ महिना (२०७९÷९÷१२) पछि गते नापी कार्यलयले कर्मचारी खटाएको भन्दै पत्राचार गर्यो ।
नापी कार्यलयले डिभिजन बन कार्यलयको २०७९÷९÷६ गतेको पत्राचार अनुसार भन्दै करण सिं रावत को नेतृत्वमा सर्वेक्षक टेक राज चौधरी, अमिन अशोक चौधरी, अमिन निरज चौधरी र दिनेश बि.सि.लाई पुरैना तालको नाप नक्साकन गर्ने प्रयोजनार्थ प्राबिधिक खटाएको पत्र डिभिजन वन कार्यलय पहलमानपुरलाई पठाउदै बोदार्थ भजनी सब डिभिजन वन कार्यलय भजनीलाइ पठाएको सब डिभिजन वन कार्यलय भजनीका प्रमुख सहायक वन अधिकृत नितेशराज भट्टराईले बताएका छन ।

तर अहिले सम्म पनि सर्वेक्षणको टोलि नक्साङ्गकनका पुरैना ताल पुगेको छैन ।
यता अव्यवस्थित बसोबासलाई ब्यबस्थित बनाउन घोडाघोडी नगरपालिका वडा ३ मा खटिएकाले अहिले पुरैना तालको नाप नक्साङ्कन गर्न नसक्ने टोलि प्रमुख रावतले बताएको डिभिजन वन कार्यलय पहमानपुर प्रमुख गोकुल रिजालले बताए ।
नापी कार्यलयले रेखांकन र सिमाङ्गकनको कार्य समयमा नगर्दा अतिक्रमण हटाउनमा ढिलाइ भएको रिजालले बताए ।
बसन्ता सरक्षित बन क्षेत्रमा पर्ने लालबोझीमा रहेको पुरैनाताल खेती योग्य जमिन परिणत भएको छ । पानी भएको कोर क्षेत्र( भित्री भाग ) ७९.२१ हेक्टरमा फैलिएको ताल चरा अवलोकनका लागि उपयुक्त मानिन्थ्यो ।
मोहना नदिमा २०६५ सालमा आएको बाढिले ताललाई बगरमा परिणत गर्न सुरुवात गरेको थियो पुन २०६८, २०७२ र २०७५ सालमा आएको बाढिले ताललाइ पुरेर बगरमा परिणत गरेको थियो ।
अहिले ताल रहेको स्थानमा स्थानीयले आफ्नो मनोमानी रुपमा खेती गर्दै आएका छन् । बिगौहा हिसाबले एकै ब्यक्तिले २० बिगाहा सम्म खे ितगर्ने गरेका छन । अतिक्रमण गरिएको तालको जमिन खाली गराइ पुनः पुरैना ताल निर्माणका लागि डिभिजन बन कार्यलय पहलमानपुर दुई बर्ष देखि निरन्तर लागिपरेको छ ।