Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

जीर्ण छाप्रोबाट भविष्य बनाउन खोजिरहेकाहरू

  • कैलाली दर्पण
  • शुक्रबार, फाल्गुन ५, २०७९
जीर्ण छाप्रोबाट भविष्य बनाउन खोजिरहेकाहरू

ईन्द्रा केसी सुखड कैलाली ।

गाउपालिकाले दिएको त्रिपालको छानो च्यातिएको छ,जहा बाट खुल्ला आकाश देखिन्छ । हावाहुरी,पानि पर्यो भने रोक्नका लागि छानो त छैन नै छेक्नका लागि वरिपरि भित्ता पनि छैन जहा बिद्यार्थिहरुले आफ्नो भविष्य कोरिरहेका छन । कैलालीको चुरे गाउपालिकाका पहिरो पिडितहरु चुरेकै वडा न ४ स्थित पनेरुवागडाको राष्ट्रिय बनमा टहरो निर्माण गरेर बसिरहेका छन । शिव गंगा नदि किनार स्थित चुरे गाउपालिकामा उनिहरु २ बर्ष देखि बसोबास गरिरहेका छन ।
सोहि ठाउका बिद्यार्थिहरु पढ्ने बिद्यालयको न त नाम छ न त भवन । गाउपालिकाले दिएको त्रिपालले छाएको एउटा कटेरो छ जसको छानो च्यातिएको छ भने वरि परि खुल्ला छ । शिशु देखि तिन कक्षा सम्मका करिब २ सय बिद्यार्थिलाई त्याहा अध्यापन गराईन्छ ।

    बिद्यालय

जाडो मौसममा खुल्ला आकाशमुनि भए पनि उनिहरु पढिरहेका हुन्छन तर बर्षायाममा भने पढाई नै बन्द गर्नुपर्ने अवस्था आउने गरेको शिक्षिका पद्मा कुमारी रावत बताउछिन ।
मौसम हरेर यहाँ पढाइ हुन्छ शिक्षिका पद्मा कुमारी रावत भन्छिन्, गतिले भवन नहुँदा बालबालिकाहरू पढ्न पाउने अधिकारबाट पनि बन्चित भइरहेका छन् । यहाँ भवनको मात्रै समस्या छैन । पाठ्यपुस्तक पनि पर्याप्त नरहेको शिक्षिका रावतको भनाइ छ ।
‘न त कापी किताब छ न कुनै शैक्षिक सामाग्री छ गतिलो बिद्यालय जान १ घण्टा पैदल हिँड्नु पर्छ’ उनले भनिन् ‘साना बच्चाहरू त्यति हिँड्न सक्दैनन् । त्यसैले उनीहरूलाई यहि अक्षर चिनाइरहेकी छु ।’
साना केटाकेटी छन टाढा जान सक्दैनन घरमा बसेर बिग्रन्छन भन्ने डरले गाउपालिका संग अनुमति मागि त्यहि पढाउन सुरु गरेको शिक्षिका पार्बति महराको भनाई छ । पार्बति र पद्मा सहित अर्का एक शिक्षक गरि ३ जनाले त्यहा अध्यापन गराईरहेका छन ।
प्रति बिद्यार्थि ४० रुपैयाका दरले अभिभावकले उठाएर शिक्षकहरुलाई दिने गरेका छन । तर अहिले महिनौ पद्माले भनिन,हामिले निशुल्क सरि नै पढाईरहेका छौ ।
बर्षायाममा बिद्यालय जादैनन
२०७७ र ७८ को पहिरोले घरबास उजाडिएपछि बिपत ब्यवस्थापन समितिले केहि समयका लागि भन्दै पनेरुवागडा स्थित राष्ट्रिय बनलाई बिस्थापितहरु बस्ने गरि टहरो निर्माण गरिदियो । चुरे गाउपालिका वडा न ४,५, र ६ का स्थानियहरु पहिरो बाट बिस्थापित भएपछि चुरेकै वडा न ४ पनेरुगडा स्थित नदि किनारको राष्ट्रिय बनमा बसोबास गरे ।
बनको १० हेक्टर क्षेत्रमा ५५ घर धुरीबाट सुरु भएको बसोबास अहिले २ सय बढि घर धुरीमा पुगेको छ । तर त्यहाका स्थानियको अहिले सम्म पनि उचित ब्यवस्थापन हुन सकेको छैन । सबै भन्दा बढि छोराछोरीको भविष्य बिग्रने चिन्ता भएको स्थानिय हिमा देबि खत्रिले बताउछिन । साना नानि बाबुहरु नजिकै पढिरहेका छन । अलि ठुला भएका बिद्यार्थिहरु करिब २ घण्टा लगाएर पढ्न जानुपर्ने अवस्था छ । सोहि बस्तिका १२ बर्षिय केशब बहादुर महरा बिद्यालय जानका लागि बिहान ८ बजे निस्कन्छन । उनी कैलालीको गौरीगंगा नगरपालिका स्थित खैरेनि आधारभुत बिद्यालय कुचैनिमा पढ्छन । घर देखि बिद्यालय पुग्न उनलाई करिब २ घण्टा समय लाग्छ । उनी भन्छन बिहानी समयको स्कुल लाग्दा त हामि ५ बजे घरबाट हिड्छम । उनले भने,जंगलको बाटो भएर बिद्यालय जानुपर्छ डर लाग्छ त्यसैले धेरै साथिहरु जम्मा भएर मात्रै जान्छम ।
उनी जस्तै १३ बर्षिय राजेश जाग्रि केशब पढ्ने बिद्यालयमै कक्षा ५ मा पढ्छन । सबै साथिहरु संगै बिद्यालय जान्छौ केशब भन्छन बिहानिको स्कुल लाग्दा राति नै हुन्छ सबै साथिलाई पखिन्र्छौ संगै जान्छौ ।
बर्षायामको समयमा आफुहरु बिद्यालय नै नजाने गरेको १० बर्षिय दिपेन्द्र बोहारा बताउछन । बस्ती जंगलको बिचमा छ जहा वरिपरि नदिले घेरिएको छ । बर्षामा पहाड तिर पानि पर्यौ भने चारै तिर खोला आउछ हामिहरु पढ्न जादैनम । उनीहरु जस्तै त्यो बस्तिमा बसोबास गरिरहेका बिद्यार्थिहरुको अवस्था एउटै हो । सबै जना साथिहरु बिद्यालय जानका लागि एकले अर्कालाई कुर्ने गर्छन । बर्षायामको समयमा त बिद्यालय जादैनन जसका कारण उनिहरुको पढाईमा समस्या भइरहेको छ ।

वास्तविक पीडितको पहिचान नहुदा राहतमा समस्या

चुरेका बाढी पीडित ५५ घरधुरीका लागि भनेर विपद् व्यवस्थापन समितिको समन्वयमा राष्ट्रिय वनको १० हेक्टर जमिनमा अस्थायी रूपमा टहरो बनाई बस्ने व्यवस्था गरियो । तर अहिले उक्त स्थानमा विभिन्न ठाउँबाट ४ सय भन्दा बढी घरधुरी बसोबास गरिरहेका छन् ।
वस्ति बस्ने क्रम बढेकाले वास्तविक पीडित पहिचानमा समस्या रहेको चुरे गाउँपालिकाका अध्यक्ष चक्र बोगटीले बताए । ‘अर्को व्यवस्था नभए सम्म पीडितहरूलाई अन्त सार्न सकिँदैन’उनले भने ‘तर वास्तविक पीडितहरूको पहिचान गर्न आवश्यक छ ।’ यसरी अन्धाधुन्ध जो पनि आएर बस्ने हो भने वास्तविक पीडितको व्यवस्थापनमा समेत समस्या हुने उनको भनाई छ ।
अस्थायी रूपमा बाढी पीडितका लागि मात्रै बस्न दिएको तर अहिले जताततैबाट मानिसहरू बस्न आएकोले पालिकाले गाउँपालिकाका उपाध्यक्षको संयोजकत्वमा एउटा कार्यदल गठन गरेको र उक्त कार्यदलले चाडै नै वास्तविक पीडित पहिचान÷छानबिनको प्रक्रिया सुरु गर्ने उनले बताए ।
उनी भन्छन्, ‘बसोबासका लागि त्यहाँ धेरै समस्या छ, केहि समयका लागि भए पनि खानेपानीको व्यवस्था गरेका छौ बालबालिकाका लागि अस्थायी विद्यालयको अनुमति दिएका छौँ छिटै बस्ती व्यवस्थापन गर्ने प्रयास गर्नेछौं। ’
चुरेका वास्तविक पीडितहरूको छानबिन नभएकाले उनीहरूलाई सहयोग गर्न समस्या भएको चुरे गाउँपालिका उपप्रमुख धना देवी थापाले बताइन । गएको असोज कार्तिकको समयमा केहि सहयोग गर्ने योजना बनाएको बताउँदै उनले भनिन,‘हामी सँग भएको तथ्याङ्कमा पनेरुगडा र ताकगडामा गरि २७६ घरधुरी पीडित छन् तर त्यहाँ ४०० भन्दा बढि घरधुरी रहेका छन् त्यसैले सहयोग गर्न सकेनौ ।’
उनीहरूलाई अहिले सम्म गाउँपालिकाबाट कुनै पनि सहयोग नगरेको उनको भनाई छ । वास्तविक पीडितहरूको पहिचान नभए सम्म कुनै पनि सहयोग गर्न सक्दैनौ । छिटै नै वास्तविक पीडितहरूको छानबिन गर्ने प्रयास भइरहेको उनले बताइन ।

सम्बन्धित समाचार
ताजा अपडेट