Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

घुम्राको चिन्ता : खानै नपाई मरिन्छ की ! आफ्नै बुवाको बोली सुन्न पनि याचना गर्नुपर्ने छोरीहरूको पीडा

  • कैलाली दर्पण
  • शनिबार, माघ २८, २०७९
घुम्राको चिन्ता : खानै नपाई मरिन्छ की ! आफ्नै बुवाको बोली सुन्न पनि याचना गर्नुपर्ने छोरीहरूको पीडा

ईन्द्रा केसी

सुखड कैलाली ।

१३ वर्षको कलिलो उमेरमा वैवाहिक बन्धनमा बाँधिएकी घोडाघोडी नगरपालिका ८ कि घुम्रा धामी अहिले ३३ वर्षकी भइन । उनका ३ छोरी र २ छोरा छन् ।
सानै उमेरमा विवाह गरेर आएका श्रीमानले पनि धोका दिएपछि अहिले घुम्रा एक्ली भएकी छन् । १ बर्ष पहिले घुम्राका श्रीमानले अर्कै बिहे गरेर भारत पलायन भए । त्यसपछि उनीहरु सबैको यता बिचल्ली भएको छ ।
घरमा ७० बर्षिय सासू कलसा धामी पनि छिन्। घुम्रालाई अहिले आफ्ना सन्तानको मात्रै होइन छोडेर गएका श्रीमानको आमाको पनि उत्तिकै पिर छ । त्यसैमाथि कलसा धामी आँखा देख्दिनन् । आफू सहित ७ जनाको परिवारलाई दुई छाक टार्न पनि अहिले घुम्रालाई निकै कठिन छ ।
‘लत्ता कपडा त जसो तसो भएकै छ तर, खानकै समस्या छ’ उनले भनिन्, ‘खानै नपाई मरिन्छ कि भन्ने पिर भइसक्यो ।’
श्रीमानले छोडेर गएपछि आर्थिक सङ्कटले घुम्रा भारत मजदुरी गर्न गइन् । तर, बालबच्चाको भविश्वय र आफूलाई छोडेर गएका श्रीमान्को आमाको चिन्ताले उनलाई त्यहाँ पनि रहन दिएन । त्यसपछि अहिले दुई छाक टार्न घर नजिकैको खोलामा ढुङ्गा फोडिरहेकी छन् ।
भारतमा गएका श्रीमान् अहिले सम्म पनि घुम्रासँग राम्ररी बोलेको याद छैन उनलाई । बरु बेलाबेलामा घरबाट निस्किन धम्की भने दिइरहन्छन् ।
‘श्रीमान् बोल्न चाहँदैनन् । । त्यो घर बाट निस्केर गएपछि मात्रै आमा र छोराछोरीलाई हेर्छु भन्छन गहभरि आशु पार्दै उनले भन्छिन्, ‘छोराछोरी छोडेर कसरी जान सक्छु । यी सन्तानलाई हेरेरै म बाचिरहेको छु ।’
सात जनाको परिवार पाल्न उनलाई सहज छैन ।कहिले काहि पैसा नहुँदा आफन्त र छिमेकीसँग सर सापटी माग्ने प्रयास पनि नगरेकी होइनन् तर, उनीहरूलाई पनि श्रीमानले फोन गरेर नदिनु भनेपछि घुम्राको सापटी पनि पाउन छोडेकी छन् ।
‘छिमेकीबाट पनि सहयोग पाउँदिन’ उनले भनिन्, ‘आफ्नो आमा बुवाको घर जाऊ भन्दा पनि धेरै टाढा छ उहाँ बसै भन्दा पनि खानै नपाएर प्राण जान्छ कि भन्ने चिन्ता छ ।’
श्रीमानले छोडेर एक्लो भएकी घुम्रालाई अहिले श्रीमानका आफन्तले पनि घर छोडेर जान धम्की दिइरहेको बताउँछिन् । आँखा नदेख्ने ७० बर्षिय सासू भन्छिन्, ‘मत आँखा देख्दैन । बुहारीलाई समस्या छ भन्यो भने छोराले हेर्दैन । ’
घर छोडेर गएर श्रीमानको यादले घुम्रालाई जति सताउँछ त्यो भन्दा बढि उनका सन्तानहरू अहिले बुवाको माया र स्नेहको प्रतीक्षामा छन् । उनका सन्तानको अघि बुवाको बारेमा कुरा गर्दा गह भरी आँसु भए ।

       घुम्राका छोरा छोरी

१२ बर्षिया छोरी अस्मिता बाबुको यादमा सबै भन्दा बढि तड्पिएकी छन् । बुवासँग कुरा गर्न मन लाग्दा उनले छिमेकीलाई गुहार गर्नु पर्छ । कहिले काई फोन लगाइदिन्छन् । छोरी मायाले बोल्दा बुवा आक्रोशमा जवाफ दिन्छन् ।
‘बुवाको धेरै याद आउँछ, धेरै माया लाग्छ । मम्मीलाई घरबाट निकालेको दिन मात्र म सँग बोल्नु भन्दै बुवाले गाली गर्नुहुन्छ’गहभरि आशु पार्दै उनले भनिन्, ‘मम्मीलाई छोड्न सक्दैनौँ हामीलाई बुवा पनि चाहिएको छ ।’
घुम्राकी जेठी छोरी कविता हुन् । उनी १३ बर्सकी भइन् । कक्षा ६ मा पढ्दै गरेकी कवितालाई कापी किताब किन्न पैसा हुदैन । त्यहि कुराको लागि बुवालाई फोन गर्दा पनि गाली गर्ने गरेको उनले पीडा पोखिन्
‘किन्नका लागि पैसा पठाइदिनु भन्दै फोन गर्छम’उनले भनिन् ‘,मम्मीलाई घरबाट निकालेको भोलि पल्टै पैसा पठाइदिन्छु भन्छन् बुवाले ।’
विगतमा कहिलेकाहीँ सम्पर्क हुने गरेको भएपनि ज्येष्ठ महिना देखि बुवा छोरीको फोन सम्पर्क भएको छैन । १३ बर्षिय कविता ६ कक्षामा पढ्छिन्, १२ बर्षिय अस्मिता ५ मा , ६ बर्षिय सपना शिशु कक्षामा पढ्छिन् भने ९ बर्षिय छोरा नवीन १ मा पढ्छन् । ४ बर्षिय सुनु विद्यालय जाँदैनन् । खान नै धौ भइरहेको घुम्राको परिवारलाई छोराछोरी पढाउनका लागि पनि निकै समस्या भइरहेको छ ।

                  घुम्राका परिवार

सम्बन्धित समाचार
ताजा अपडेट