सुखड कैलाली ।
नेपाल रेडक्रस सोसाईटी भजनि उपशाखाको सभापतिमा राम नारायण चौधरी निर्बाचित भएका छन । उपशाखाको २६ औ चुनावि साधारण सभा बाट निर्प बोगटलाई ७७ मतले पराजित गर्दै चौधरी निर्बाचित भएका हुन । त्यसैगरि शाखाको उप सभापतिमा शारदा मल्ल,सचिबमा राम प्रसाद शर्मा,उप सचिबमा टेकेन्द्र बिक्रम शाह,कोषाध्यक्षमा हरि देवकोटा,महिला सदस्य सरस्वति चन्द,खुला सदस्य कवि परियार,सुरेश कुमार चौधरी,सोनपति चौधरी,कविता शाह निर्वाचित भएका छन ।

कुल मतदाता संख्या ३ सय ३२ रहेकोमा चौधरीले १ सय ९० मत प्राप्त गरेका थिए भने बोगटीले १ सय १३ मत प्राप्त गरेका थिए । २९ मत बदर भएको थियो ।