Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

जाजरकोट-१(ख) प्रदेश सभामा नेपाली काङ्ग्रेसका शाह विजयी

  • कैलाली दर्पण
  • बुधबार, मंसिर ७, २०७९
जाजरकोट-१(ख) प्रदेश सभामा नेपाली काङ्ग्रेसका शाह विजयी

मंसिर ७/ जाजरकोट क्षेत्र  नम्बर १ प्रदेश सभा (ख) बाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजीवविक्रम शाह निर्वाचित भएका छन् । उनी १६ हजार ४० मतसहित निर्वाचित भएका हुन् ।

 

निर्वाचित शाहले नेकपा एमालेका खिम बहादुर शाहीलाई ५ हजार ५१० मतान्तरले पछि पारे । एमाले नेता शाहीले १० हजार ५३० मत पाएका छन् ।

शाह विशेषतः प्रतिनिधि सभामा अन्तिम पटक चुनाव लड्न चाहेका थिए । तर सत्तारुढ दलहरुभित्र जाजरकोट शक्ति बस्नेतका लागि छोड्नुपर्ने वाध्यता भएपछि प्रदेशमा झरेका हुन् ।

शाह ०७४ मा माओवादी नेता शक्ति बस्नेतसँग पराजित भएका थिए । शाह यसअघि दोस्रो संविधान सभा सदस्यमा निर्वाचित भएर एक पटक संसदको अनुभव बटुलिसकेका नेता हुन् । शाह निर्वाचित भएको (ख)मा ४६ हजार ४९४ मतदाता रहेकोमा २९ हजार २६ मत खसेको थियोे ।

सम्बन्धित समाचार
ताजा अपडेट