बौनिया / कार्त्तिक २०
नौनिया बुटकौवा झुलुङ्गे पुल निर्माणको कामले तिब्रता पाएको छ । उपभोक्ता समिति मार्फत निर्माण भइ रहेको पुलको काम तिब्र गतिले अगाडि बढाउन बर्दगोरिया गाउपालिका अध्यक्ष कर्ण बहादुर कुँवरले निर्देशन दिनु भएको छ । आज एक अनौपचारिक कार्यक्रम गरि निर्माणाधीन झुलुङ्गे पुलको गाउपालिका अध्यक्ष कुँवरले पुजा गरेर निर्माण कार्य अगाडी बढने बताउनु भयो । नौनिया बुटकौवा झुलुङ्गे पुल निर्माण उपभोक्ता समितिले आगामी फागुन सम्म काम सम्पन्न गर्ने जनाएको छ । झुलुङ्गे पुल निर्माण भए पछि वडा नम्बर ३ र ४ का जनतालाई सहज हुने अध्यक्ष कुँवरले बताउनु भयो ।
उपभोक्ता समिले जगको काम सम्पन्न भइ सकेको बताउदै,पुलको कामले अब तिब्रता पाउने जनाएको छ । पुल निर्माणका लागि पुलको सामाग्री समेत आईसकेको छ । कार्यक्रममा गाउपालिका उपाध्यक्ष गणेश राज गिरि ,वडा नम्बर ३ क अध्यक्ष मनऋशी आचार्य ,वडा नम्बर ४ का अध्यक्ष जगत बहादुर शाही र प्राबिधिकको उपस्थिति रहेको थियो ।