Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

बास नेपालद्धारा बिपन्न परिवारलाई आर्थिक सहयोग ।

  • कैलाली दर्पण
  • मङ्लबार, साउन २४, २०७९
बास नेपालद्धारा बिपन्न परिवारलाई आर्थिक सहयोग ।

कैलाली दर्पण ।
२४ साउन सुखड कैलाली ।
बागेश्वरि असल शाशन क्लब (बास) नेपालले कैलालीको घोडाघोडी नगरिपालिकाको एक बिपन्न परिवारलाई आर्थिक सहयोग गरेको छ । युनिसेफको आर्थिक सहयोगमा बास नेपालले घोडाघोडी नगरपालिका वडा न १० घुम्निभाकलको एक परिवारलाई १३ हजार रकम आर्थिक सहयोग गरेको हो ।
बुवा नारायण प्रसाद खनालको मृत्यु पछि आमा अर्को बिबाह गरि भारत गएकाले १९ बर्षिया टीका खनाल,१५ बर्षिया पुनम खनाल र १४ बर्षिया पवन खनाल बेसाहरा बने । उनिहरु अहिले हजुरआमाको संरक्षणमा छन् । पुनम र पवनको पठनपाठनका लागि सहयोग स्वरुप रकम हस्तान्तरण गरएको हो ।
आर्थिक अवस्था कमजोर भएका कारण उनीहरुको पठन पाठन प्रभावित बनेको छ । अहिले घरको आम्दानीको स्रोत भनेकै ७६ बर्षिया हजुरआमा बाटु जैसिको वृद्ध भत्ता रहेको छ ।
आर्थिक अभावका कारण टीकाले कक्षा १२ पछि पढाइ छोड्नु पर्यो उनकि बहिनि पुनम ११ कक्षामा पढ्दै छिन् भने भाइ पवन ८ कक्षामा अध्यनरत छन । टीका दैनिक मजदूरी गर्दै नुन तेलको जोहो गर्छिन ।
उनीहरुलाई बस्नका लागि पनि निकै समस्या रहेको छ । पानी पर्दा घरको छानोबाट पानी चुहिन्छ ,एउटै सुत्ने बिस्तारा भएकाले पालो गरि सुत्नु पर्ने बाध्यता रहेको टिकाकि हजुर आमा बाटु जैसिको गुनासो छ ।

No description available.

No description available.
घोडाघोडी नगरपालिकाका नगर प्रमुख खडक रावत मार्फत सहयोग रकम हस्तान्तरण गरिएको हो । रकम हस्तान्तरण गर्दै नगर प्रमुख रावतले खरले छाएको चुहिने छानामा हटाई जस्तापाताका लागि पहल गरिने बताए । रकम हस्तान्तरण कार्यक्रममा बास नेपालका सामाजिक परिचालक तेज बोहोरा, बास नेपालका पालिका कोबो रिर्पोटर ईन्दु के सी लगायतकाको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार
ताजा अपडेट