बौनिया / कैलालीको लम्किचुहा नगरपालिकाले निर्मम तरिकाले हत्या गरिएका कैलालीको जानकी गाउँपालिका –९ का अर्जुन दासका परिवारलाई लम्कीचुहा नगरपालिकाले राहात स्वरुप आज एकलाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको छ । अर्जुन दासका सन्ततिको शिक्षादिक्षा तथा पालनपोषणका साथै घरपरिवारका लागि आर्थिक ब्यवस्थापनमा सहजहोस भन्ने उदेश्यका साथ थोरै भएपनी नगरपालिकाले सहयोग गरेको लम्कीचुहा नगरपालिकाका नगर प्रमुख महादेब बजगाईले बताउनु भयो । स्वर्गिय अर्जुन दासका बुवा कपुरे दास र अर्जुनकी धर्मपत्नीलाई आफ्नै कार्यकक्षमा राहात स्वरुप एकलाख बराबरको चेक हस्तान्तरण गदै नगरप्रमुख महादव बजगाईले पिडित दासको परिवारलाई न्याय दिलाउन आफ्नो तर्फबाट पुर्णरुपमा सहयोग रहने बताउनु भयो । मृतक दासकी एउटा छोरी मात्र छन्। पुस ३ गते अमरावती सामुदायिक बन भित्र २५ बर्षिय अर्जुनको शरीर छेदविच्छेद अवस्थामा टाउको समेत छिनालेर विभत्स तरीकाले हत्या गरीएको फेला परेको थियो ।