Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

कैलारी गाउँपालिकाको सुकुम्बासी बस्तीमा आगलागी, ७३ घरधुरी जलेर सखाप

  • कैलाली दर्पण
  • आइतवार, बैशाख ११, २०७९
कैलारी गाउँपालिकाको सुकुम्बासी बस्तीमा आगलागी, ७३ घरधुरी जलेर सखाप

बौनिया/  कैलालीको कैलारी गाउँपालिका–७ मा रहेको सुकुम्बासी बस्तीमा भिषण आगलागी भएको छ। आइतबार दिउँसो बिपतपुर सुकुम्बासी बस्तीमा आगलागी भएको वडाअध्यक्ष कमल प्रसाद चौधरीले बताए। उनका अनुसार आगलागीबाट बस्तीका ७३ घरधुरी जलेर सखाप भएका छन्। ‘हालसम्म मानविय क्षति भएको छैन। गौरीगंगाको दमकल बोलाएका थियौं तर आगो नियन्त्रणमा आएको छैन’ उनले भने।

आगलागी नियन्त्रणका लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वाटर कैलालीको टोली, कैलाली प्रहरी, स्थानीय र २ ओटा दमकलले प्रयास गरिरहेका छन्। तर आगो भने नियन्त्रणमा आएको छैन। हालसम्म क्षति र आगलागीको कारण खुलेको छैन।

सम्बन्धित समाचार
ताजा अपडेट