Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

मोहन्यालमा श्रीमती द्वारा आफ्नै श्रीमानको हत्या

  • कैलाली दर्पण
  • सोमवार, चैत्र २८, २०७८
मोहन्यालमा श्रीमती द्वारा आफ्नै श्रीमानको हत्या

बौनिया/ कैलालीको मोहन्यालमा  ३२ बर्ष श्रीमतीले आपनै श्रीमानको हत्या गरेकी छन् ।

मोहन्याल गाउपालिका वडा नम्बर १ ,स्थित राक्सामा घर भएकी चुमा कुमारी थापा बुढामगरले ४३ बर्षका श्रीमान नारायण बुढा मगरको  हत्या गरेकी हुन् ।

चुमा कुमारी थापा बुढामगरले आइतबार राती १२ बजे तिर धारिलो हतियार प्रयोग गरेर आफ्नै श्रीमानको हत्या गरेको स्विकार्दै ईलाका प्रहरी कार्यलय पणडौनमा मृतकको टाउको बुझाएकी हुन्   ।

मृतक नारायण बुढा मगरको टाउको र शरीर अलग पारियको अबस्थामा छ। मृतकको मुचुल्का उठाउन र दोषीलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यलय बाट घटना तर्फ टोलि खटाइएको जिल्ला प्रहरी कार्यलय कैलालीका प्रबक्ता बेदराज जोशीले कैलाली दर्पण लाई जानकारी दिनु भएको छ।

उनका ११ बर्ष ७ बर्ष २ छोरा छन् ।

सम्बन्धित समाचार
ताजा अपडेट