बौनिया / कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ मा कान र आँखा शिविर संचालन हुने भएको छ । जनतालाई घर दौलोमै स्वास्थ्य सेवाको पहुँच पुर्याउने उदेश्यका साथ यही चैत्र १६ गतेका दिन एकदिने शिविर संचालन हुने भएको हो ।
बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ को सहकार्यमा ब्रीनोज कान स्वास्थ्य स्याहार केन्द्र नेपालगन्ज ,रोटरी कल्ब अफ सेन्ट्रल नेपालगन्जको आयोजनामा कान शिविर संचालन हुन लागेको छ । वडा नम्बर ६ को कार्यालय पृथ्वीपुर स्थित हाटबजारमा संचालन हुने शिविरमा औषधि निशुल्क हुनेछ भने अप्रेसन गर्नुपर्ने भएमा ५० प्रतिशत छुट दिइने जनाईएको छ ।
यस्तै च्यारिटी हेल्थ फाउन्डेसन नेपालको सहयोग तथा श्री कृष्ण आँखा अस्पताल प्रालिको आयोजनामा आँखा शिविर समेत सोही दिन संचालन हुने वडा नम्बर ६ का अध्यक्ष रामकृष्ण डगौरा थारुले जानकारी दिए । शिविरमा लामोसमय देखि आखाको मोतिया विन्दु, जलबिन्दु तथा आँखामा मासु पलाएको र परेलाको शल्यक्रिया तथा कानबाट पिप आउने, काने गुजि ,काने ढुशी ,कान दुख्ने ,कान नसुन्ने, जस्ता विरामीको उपचार गरिनेछ ।
यसैगरी ४० वर्ष पूरा भएकाको मोतिया बिन्दु, जलबिन्दु, आखामा मासु पलाएको र परेलाको शल्यक्रिया गर्नुपर्ने देखिएमा श्री कृष्ण आँखा अस्पताल टीकापुरमा निशुल्क उपचार गरिने जनाईएको छ ।