बौनिया / कैलालीको बर्दगोरिया गाउँपालिकामा समाज सुधारको अभियान थालिएको छ । युवाहरूको नेतृत्वमा गठित वडा नम्बर १ मा रहेको बर्दगोरिया युवा कल्वले यो अभियान थालेको हो ।

पछिल्लो समय समाज व्याप्त सामाजिक विकृति र विसङ्गती विरुद्ध सामाजिक सचेतना जगाउने उदेश्यका साथ समाज सुधारको अभियान थालिएको कल्वले जनाएको छ । अभियान अन्तर्गत बुधबार कट्टिपुरमा रकेको बालकन्या माद्यामिक विद्यालयमा लागू औषध दुर्व्यसनी न्यूनीकरणका बारेमा विद्यार्थीलाई सचेतिकरण गरिएको छ ।
समाजमा हुने सामाजिक अपराध ,हत्या ,हिंसा जस्ता कुराहरु लागू औषध सेवनै कारण हुने र यसमा पनि युवाहरुको बढी भुमिका हुने भएको हुदा यसको न्यूनीकरणका लागि विद्यालय स्तरमै सचेतिकतणको प्रयास गरिएको कल्वका अध्यक्ष कमल विष्टले बताए । उनले भने पछिल्लो समय विद्यार्थीहरु समेत अरुको गलत संगतमा फस्ने गरेको हुँदा यसबाट उनीहरूलाई मुक्तगर्न र सामाजिक विकासमा उत्प्रेरित गर्न अभियान थालिएको हो ।

कार्यक्रम अन्तर्गत विद्यार्थीहरुलाई लागू औषध तथा दुर्व्यसनी न्यूनीकरणका बारेमा जानकारी गराइनुका साथै यसबाट पर्नसक्ने नकारात्मक असरका बारेमा जानकारी गराइएको छ । हामीले समाजलाई हरेक प्रकारका सामाजिक विकृति र विसङ्गती बाट हुने क्रियाकलाप नियन्त्रणका लागि अभियान नै थालेका छौ, कल्वका अध्यक्ष विष्टले भने आगामी दिनमा विभिन्न स्थानमा यी कार्यक्रम संचालन गरिनेछ