Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

घर तथा समुदायमा आधारित सिकाइ सहजीकरणका लागि शिक्षकहरुलाइ २ दिने तालिम मोहन्यालमा सुरु

  • कैलाली दर्पण
  • सोमवार, चैत्र ७, २०७८
घर तथा समुदायमा आधारित सिकाइ सहजीकरणका लागि शिक्षकहरुलाइ २ दिने तालिम मोहन्यालमा सुरु

बौनिया /  कैलालीको मोहन्याल गाउँ पालिका ४ खिमडीमा  घर तथा समुदायमा आधारित सिकाइ सहजीकरणका लागि सामुदायिक बिधालयका शिक्षकहरुलाइ सोमबार (आज) बाट २ दिने तालिम सुरु गरिएको छ ।

उक्त तालीम शिक्षा कोभिड पर्तिकार्य परियोजना अन्तरगत usaid/unicef को आर्थिक सहयोगमा निडस सस्थाको आयोजनामा तालिम आयोजना गरिएको हो ।

मोहन्याल गाउँपालिका का ७ वटै वडा भित्रका बालबिकास केन्द्र का सहयोगी कार्यकर्ता र कक्षा १ देखि ३ सम्मका शिक्षक गरि ५० जनाको सहभागीता रहेको छ । तालिमको सहजीकरण मोहन्याल गाउपालिका शिक्षा शाखा प्रमुख कविराज धामी र राष्ट्रिय माध्यमिक बिद्यालय सोल्टाका प्राधानाध्यापक कृष्ण प्रशाद जैसी (काफ्ले) ले  गर्नु भएको  थियो  ।

सम्बन्धित समाचार
ताजा अपडेट