बौनिया/ कैलालीको लम्कीमा युवकमाथि चक्कु प्रहार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।
आइतबार दिउँसो विवादका क्रममा चक्कु प्रहार गर्दा लम्कीचुहा नगरपालिका–१ का ३५ वर्षीय शेरबहादुर थापा घाइते भएका थिए।
उनीमाथि चक्कु प्रहार गरेको आरोपमा सोही ठाउँकै २३ वर्षीय प्रेम रावललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए। चक्कु प्रहारबाट समान्य घाइते भएका थापाको लम्कीस्थित लालरत्न अस्पतालमा उपचार भइरहेको छ।