बौनिया/ कैलालीको लम्कीचुहा नगरपालिका–९ प्रतापपुरस्थित श्री सरस्वती माध्यमिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा गणेश प्रसाद न्यौपाने सर्वसम्मत चयन भएका छ्न।
बिहिवार सम्पन्न अभिभावक भेलाले गणेश प्रसाद न्यौपानेलाई अध्यक्षमा सर्वसम्मत चयन गर्दै नयाँ व्यवस्थापन समिति गठन गरेको हो।
नयाँ समितिको सदस्यहरूमा छत्रबहादुर कुश्मी, निर्मला देवी बम र पवित्रा देवी मास्टर चयन भएका छन्। त्यसैगरी वडा प्रतिनिधिमा अर्जुन रावल, शिक्षक प्रतिनिधिमा दयाराम जोशी र सदस्य–सचिवमा डेबिटबहादुर शाही रहेका छन्।
शिक्षक अभिभावक संघका अध्यक्ष नवराज देवकोटाको सभापतित्वमा सम्पन्न अभिभावक भेलामा लम्कीचुहा नगरपालिका–९ का वडा अध्यक्ष रामप्रसाद चौधरी प्रमुख अतिथि रहेका थिए।
कार्यक्रममा विद्यालयका सूचना अधिकारी वीरेन्द्र न्यौपानेले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन प्रधानाध्यापक डेबिटबहादुर शाहीले गरेका थिए।
विद्यालयमा कुल ७०७ जना अभिभावक रहेकोमा भेलामा ४२९ जना अभिभावकको उल्लेखनीय सहभागिता रहेको थियो।
सर्वसम्मत रूपमा नयाँ व्यवस्थापन समिति गठन भएसँगै विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, विद्यालय व्यवस्थापन तथा समग्र शैक्षिक वातावरण सुधारमा समितिले प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।