Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

प्रमाणपत्र बुझेर घर फर्किँदै गरेका निर्वाचन प्रहरीको भीरबाट लडेर मृत्यु

  • कैलाली दर्पण
  • शुक्रबार, फाल्गुन २९, २०८२
प्रमाणपत्र बुझेर घर फर्किँदै गरेका निर्वाचन प्रहरीको भीरबाट लडेर मृत्यु

दार्चुला — निर्वाचन सम्पन्न भएपछि घर फर्किने क्रममा एक निर्वाचन प्रहरीको भीरबाट लडेर मृत्यु भएको छ।

निर्वाचन प्रहरीमा काम गरेको प्रमाणपत्र बुझेर घर फर्किने क्रममा भीरबाट लडेर गम्भीर घाइते भएका प्रकाश धामीको उपचारका क्रममा मृत्यु भएको हो।

लेकम गाउँपालिका–२ का ४० दिनसम्म निर्वाचन सुरक्षा कार्यमा खटिएका धामी बिहीबार प्रमाणपत्र बुझेर घर फर्किने क्रममा लेकम–१ स्थित दानुखोला भीरबाट लडेर घाइते भएका थिए।

घाइते धामीलाई प्रारम्भिक उपचारका लागि गोकुलेश्वर अस्पताल लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी रिफर गरिएको थियो।
उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी हेमराज भट्टले जानकारी दिए।

सम्बन्धित समाचार
ताजा अपडेट