Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

राष्ट्रियसभा निर्वाचन: सुदूरपश्चिममा एमालेबाट भण्डारी र काङ्ग्रेसबाट खाती विजयी

  • कैलाली दर्पण
  • आइतवार, माघ ११, २०८२
राष्ट्रियसभा निर्वाचन: सुदूरपश्चिममा एमालेबाट भण्डारी र काङ्ग्रेसबाट खाती विजयी

सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा नेकपा (एमाले)की लीलाकुमारी भण्डारी र नेपाली कांग्रेसका खम्मबहादुर खाती विजयी भएका छन्।

प्रदेश निर्वाचन कार्यालय धनगढीका प्रमुख प्रेमराज भट्टका अनुसार महिला समूहबाट एमालेकी भण्डारीले ३ हजार ९८४ मत प्राप्त गर्दै विजयी भइन्। उनकी प्रतिद्वन्द्वी नेपाली कम्युनिस्ट पार्टीकी रोजी बस्नेतले १ हजार ६७६ मत प्राप्त गरिन्।

त्यसैगरी अन्य समूहबाट नेपाली कांग्रेसका खम्मबहादुर खाती ३ हजार ९६९ मतसहित विजयी भएका छन्। उनका प्रतिद्वन्द्वी नेकपाका टिकाराम जैशीले १ हजार ८०५ मत प्राप्त गरेका थिए।
निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ५३ र स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष तथा उपाध्यक्षको मतभार १९ निर्धारण गरिएको थियो। कुल २२४ मतदाता रहेकामा ४९ प्रदेशसभा सदस्य र १७१ स्थानीय तहका जनप्रतिनिधि गरी २२० जनाले मतदान गरेका थिए भने चार जनाले मतदान गरेनन्।

मतदान नगर्नेमा नेपाली कांग्रेसका प्रदेशसभा सदस्य प्रकाश देउवा, राप्रपाका प्रदेशसभा सदस्य खेमा विष्ट, धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाल र जोशिपुर गाउँपालिकाकी उपाध्यक्ष रेखा कठरिया रहेका छन्।
महिला समूह र अन्य समूह गरी दुई पदका लागि चार जना उम्मेदवार प्रतिस्पर्धामा थिए। उक्त निर्वाचनमा नेपाली कांग्रेस र नेकपा (एमाले) बीच गठबन्धन रहेको थियो।

सम्बन्धित समाचार
ताजा अपडेट