Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

बर्दगोरिया-६ मा रामजानकी भक्तिनिया अस्थान तिर्थ माघी मेला सुरु

  • कैलाली दर्पण
  • शुक्रबार, माघ २, २०८२
बर्दगोरिया-६ मा रामजानकी भक्तिनिया अस्थान तिर्थ माघी मेला सुरु

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ मा शुक्रबारदेखि माघी मेला संचालन भएको छ ।

बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ को आर्थिक सहयोगमा गतवर्ष झै यसपटक पनि रामजानकी भक्तिनिया अस्थान तिर्थ माघी मेला  २०८२ सुरु भएको हो ।

थारु भेषभुषा, भाषा कला सस्कृतिको सम्मान ,यसको पहिचानका साथै बर्दगोरिया ६ मा रहेको धार्मिक ,सास्कृतिक तथा पर्यटकीय क्षेत्र भक्तिनिया अस्थानको प्रवर्द्धनमा टेवा पुर्याउने उदेश्यसहित मेला संचालन गरिएको आयोजक माघे संक्रान्ति तिर्थ माघी मेला व्यवस्थापन समितिले जनाएको छ ।

रामजानकी धार्मिक क्षेत्रको प्रचारप्रसार गर्ने र आन्तरिक पर्यटनको प्रवद्र्धन, आपसी सद्भावका निम्ति आयोजना गरिएको मेलाको शुक्रबार बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुवरले उद्घाटन गरेका छ्न ।

मेला व्यवस्थापन समितिका अध्यक्ष चक्र बहादुर कठरियाको सभाध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै पालिका अध्यक्ष कुवरले आगामी गाउँसभाबाट बर्दगोरिया ६ भक्तिनिया अस्थानको पर्यटन क्षेत्रको विकासका लागि बीस लाख रुपैयाँ बजेट छुट्याउने प्रतिबद्धता गरेका छ्न । उनले पर्यटन क्षेत्रको विकास भएमात्र आर्थिक समृद्धिको मार्गचित्र पूरा हुने बताउदै यस क्षेत्रको लागि आफुले सक्दो सहयोग गर्ने बताए ।

कार्यक्रममा पालिका उपाध्यक्ष गणेश राज गिरिले माघी मेलाले  सामुदायिक एकता, भावना र उत्साहको प्रतिरूप झल्काएको बताए । उनले थारु समुदायको मौलिकता जोगाउन, संस्कृतिको निरन्तरता दिन र नयाँ पुस्तालाई आफ्नो पहिचान र गौरवको सम्झना गराउन माघी मेला एक महत्वपूर्ण माध्यम भएको बताए  । उनले धार्मिक क्षेत्रको दीर्घकालीन संरक्षण र आवश्यक पूर्वाधार निर्माणमा आफ्नो सहयोग रहने प्रतिबद्धता जनाए।

कार्यक्रममा बर्दगोरिया गाउँ पालिका वडा नम्बर ६ का वडा अध्यक्ष रामकृष्ण डगौरा थारुले भक्तिनिया अस्थान हाम्रो सांस्कृतिक धरोहर भएको भन्दै यसलाई संरक्षण, प्रवर्द्धन र राष्ट्रिय पहिचान दिलाउने दायित्व हामी सबैको भएको बताए । माघी मेला ५ गतेसम्म संचालन हुने आयोजकले जनाएको छ । मेलामा स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति राखिएका छ्न ।

साथै स्थानीय उत्पादन, कला–सामग्री, जनचेतनामूलक कार्यक्रम र धार्मिक क्रियाकलापले मेला क्षेत्र रौनकमा बदलिएको छ। मेला व्यवस्थापन समितिका अध्यक्ष चक्र बहादुर कठरियाले स्थानीयदेखि धार्मिक पर्यटकसम्म सबैलाई समेटेर भक्तिनियालाई भव्य धार्मिक–पर्यटकीय गन्तव्यका रूपमा परिचित गराउनेतर्फ आयोजनाको लक्ष्य रहेको बताए।

सम्बन्धित समाचार
ताजा अपडेट