बर्दगोरिया,पदम राज ओझा/कैलालीको बर्दगोरिया गाउँपालिकामा ३ दिने निशुल्क दन्त शिविर सम्पन्न भएको छ ।
पौष २८ गते बाट सुरु भएको शिबिरमा ४ सय ३५ जनाले सेवा लिएका छन । जसमध्ये ३ सय ६३ जना महिला र ७२ जना पुरुषले सेवा लिएका हुन । सिबिरमा ३ सय ४८ जनाको शल्यक्रिया गरिएको छ ।
बर्दगोरिया गाउँपालिकाको आयोजना तथा बाल कल्याण संघ टिकापुरको समन्वय र बिएमडिएमआई (BMDMI) को आर्थिक सहयोगमा निःशुल्क दन्त शिविरको आयोजना गरिएको थियो ।
बर्दगोरिया गाउँपालिकामा आएर शिबिर संचालन गरेकोमा बिएमडिएमआई (BMDMI) र बालकल्याण संघ टिकापुर लाई वडा नम्बर १ का अध्यक्ष मिथुन गौतमले धन्यबाद ब्यक्त गर्नुभयो ।
उहाँले बर्दगोरियाका जन्ताका लागि पालिकाले सबै खाले शिबिर संचालन गरेको बताउदै दातका बिरामिका लागि दन्त शिबिर संचालन गरिएको हो ।
कार्यक्रममा बोल्दै बिएमडिएमआई (BMDMI) का निर्देशक बिनोद देशराजले कैलालीको यो सुबिधा सम्पन्न अस्पतालमा शिबिर सन्चालन गर्न पाउँद खुशी भएको बताउदै आगामी दिनमा हुने सबै खाले सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो ।
यसै गरि बाल कल्याण संघ टिकापुरका प्रतिनिधि जय बहादुर महराले बर्दगोरियामा दन्त सिबिर संचालन गर्न पाउँद खुशी भएको बताउदै बिएमडिएमआई (BMDMI) संस्थालाई धन्यवाद व्यक्त गरे ।
साथै पालिकाले सिबिर संचालनमा सहयोग गरे बाफत बिएमडिएमआई (BMDMI) र बालकल्याण संघ टिकापुरलाई सम्मान पत्र सहित सम्मान गरेको छ ।
समापन कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत झंकर रावत, स्वास्थ्य शाखा प्रमुख मीन बहादुर धामी र सिनियर अहेब अनिल बिक्रम सिंहको उपस्थिति रहेको थियो ।
