Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

बौनियाँ जेसिज वर्ष २०२६ को अध्यक्षमा भिम बिक निर्वाचित

  • कैलाली दर्पण
  • शुक्रबार, पुस २५, २०८२
बौनियाँ जेसिज वर्ष २०२६ को अध्यक्षमा भिम बिक निर्वाचित

२५ पुस/बौनिया जेसीजको १४ औं शाखा अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट भिम बहादुर बिक अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको छ ।

त्यसै गरि कार्यकारिणी उपाध्यक्षमा चक्रराज बोहरा र डम्बर बहादुर बुढा,उपाध्यक्षमा सागर चौधरी,तिलक राज ढुङ्गाना,चन्द्र प्रसाद देबकोटा र सुन्दर गौतम निर्वाचित भएका छन् ।

बौनिया जेसिज बर्ष २०२५ का अध्यक्ष मिलन ओलिको सभापतित्वमा भएको शाखा अधिबेशनमा प्रमुख अतिथी बौनियाँ जेसीजका संस्थापक अध्यक्ष लिलाजंग शाही रहनु भएको थियो ।

बौनिया जेसिज बर्ष २०२५ का उपाध्यक्ष भरत शाहीको स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रममा बौनिया जेसिज बर्ष २०१४ का अध्यक्ष भुमि प्रकाश बम, बौनिया जेसिज बर्ष २०१५ का अध्यक्ष गणेश प्रसाद भट्ट , बर्ष २०१६ का अध्यक्ष शिवराज कुँवर, १७ का अध्यक्ष कृष्ण बिष्ट, १८ का अध्यक्ष जनक बिस्ट, १९ का अध्यक्ष धिरज शाही, २० का अध्यक्ष केशव शाही, २१ का अध्यक्ष गणेश प्रसाद जोशी, २२ का अध्यक्ष कृष्ण प्रसाद ओझा, २३ का अध्यक्ष चक्र बहादुर शाही लगाएतको उपस्थिति भएको थियो ।

निर्वाचन कमिटी संयोजक चक्र बहादुर शाहीको संयोजकत्व तथा निर्वाचन कमिटीका कृष्ण प्रसाद ओझा र वीर बहादुर बिस्टको सदस्यतामा निर्वाचन कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको संचालन बर्ष २०२६ का महासचिव भिम बहादुर बिकले गर्नु भएको थियो ।

 

सम्बन्धित समाचार
ताजा अपडेट