Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

मोहन्याल ३ ,राङ्गामलेखामा सामुदायिक स्वास्थ्य इकाई भवनको शिलान्यास

  • कैलाली दर्पण
  • आइतवार, फाल्गुन १५, २०७८
मोहन्याल ३ ,राङ्गामलेखामा सामुदायिक स्वास्थ्य इकाई भवनको शिलान्यास

बौनियाँ/   कैलालीको मोहन्याल ३ राङ्गामलेखामा सामुदायिक स्वास्थय इकाई कार्यलय भवनको आइतबार शिलान्यास गरिएकोछ। आज एक कार्यक्रमका बिच मोहन्याल गाउँ पालिका वडा नम्बर २ का वडा अध्यक्ष तथा नेकपा माओबादी केन्द्र मोहन्याल गाउँ कमिटीका अध्यक्ष देविदत्त उपाध्यायले बिधिवत रुपमा शिलान्यास गर्नु भएको छ।

भौगोलिक बनावट निकै बिकट रहेको राङ्गामलेखा गाउँ महिला हरु नियमित खोप लगाउन सुर्खेत जिल्लाको चौकुने ४ बिजौरा स्वास्थय चौकी जाने क्रममा श्रावण २० गते कर्णाली नदिमा डुङ्गा पल्टिँदा २ नाबालक सहित ३ महिलाको मृत्यु भएको थियो । सुगम कैलाली जिल्ला बाट नियमित खोप लगाउन सुर्खेत जाने क्रममा कर्णालीनदिमा डुंगामा पल्टिँदा महिलाहरुको मृत्यु भन्ने समाचार विभिन्न संचार माध्यममा समाचार प्रकाशित र प्रशारण भएको थियोे ।समाचार प्रकाशित पछि स्थानीय मोहन्याल गाउपालिका जनप्रतिनिधि ,स्वास्थय शाखा र राजनीतिदल हरुको चौतर्फी आलोचना भएको थियो।

सामुदायिक स्वास्थय इकाई बन्ने पछि राङ्गामलेखाका महिलालाई खोप लगाउन सुर्खेत जानुपर्ने समस्या अब अन्त्य हुने भए पछि स्थानीय वासीहरुमा खुशीयाली छायको छ। २ कोठे पक्की भवन निर्माणका लागि प्रदेश सभा सदस्य नन्द बहादुर साउदले सान्सद बिकास कोषबाट आर्थिक बर्ष ०७८/०७९ को बजेट बाट  आठ लाख बजेट बिनियोजित गर्नु भएको छ। उक्त गाउँमा झोलुङ्गेपुल निर्माणकार्यको पनि प्रतिनिधि सभा सदस्य झपट रावलको पहल अगाडि बढेको छ।

सम्बन्धित समाचार
ताजा अपडेट