लिलाराज शाही/ साना किसान कृषि सहकारी संस्था लम्कीचुहा नगरपालिका- ९ प्रतापपुरको २५ औं वार्षिक साधारणसभा तथा रजत जयन्ती कार्यक्रम सम्पन्न भएको छ।
संस्थाका अध्यक्ष डम्बर बहादुर देउवाको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथी नगर प्रमुख सुशीला शाही रहनु भएको थियो । यस्तै बिशिस्ट अतिथीमा ९ नम्बर वडा अध्यक्ष राम प्रशाद चौधरी रहनु भएको थियो।
संचालक समिती सदस्य अर्पण चौधरीको स्वागत मनतब्य संगै सुरु भएको कार्यक्रममा लम्किचुहा ७ नम्बर वडा अध्यक्ष भगवानदिन चौधरी ,नेपाल कृषि सहकारी संघका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेश कृषि सहकारी सङ्घका अध्यक्ष धर्म सिंह कुँवर ,कृषि बिकास बैकका पुर्व प्रबन्धक ललित जंग शाही,कृषि बिकास बैक टिकापुरका प्रबन्ध दिपेन्द्र रावल ,साना किसान कृषि सहकारी सस्था बौनियाका अध्यक्ष पुर्ण बहादुर बिस्ट,सरस्वती माध्यमिक बिधालय प्रतापपुरका प्रधानाध्यापक डेबिट बहादुर शाही,साना किसान कृषि सहकारी सस्था बलियाकी प्रबन्धक माया शाहले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
लेखा समिति संयोजक सीता चन्दले आर्थिक प्रतिवेदन र संस्थाका प्रबन्धक मान बहादुर देउवाले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
साधारण सभाले आगामी आर्थिक वर्ष ०८२/०८३ का लागि ३ करोड ४५ लाख ६९ हजार ९ सय ६३ रुपैया आय र २ करोड ७० लाख ३३ हजार ९ सय ३४ रुपैया ब्यय र ७५ लाख ३६ हजार २९ पैसा खुद नाफा गर्ने लक्ष्य सहित अनुमानित आय,ब्यय प्रस्ताव गरेको छ।
आर्थिक बर्ष ०८१/०८२ को कुल कारोबार १४ करोड ४३ लाख ४६ हजार २ सय ३३ रुपैयाँ ४९ पैसा बराबरको आय ब्यय प्रस्तुत गरेको छ । सहकारीले ४० लाख रुपैया खुद नाफा गर्न सफल भएको छ । उक्त सहकारी सस्थामा हाल सम्म १ हजार ६ शेयर सदस्य आवद्ध रहेका छन।
कार्यक्रमा उत्कृष्ट कामगर्ने शेयर सदस्य ,कर्मचारी ,संचालक समिती लाई प्रमाणपत्र ,मायाको चिनो र दोसल्ला ओढ्यार सम्मान गरिएको थियो। कार्यक्रमको सन्चालन प्रबन्धक मान बहादुर देउवाले गर्नु भएको थियो।
