Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

नोबेल स्कुलले गर्‍यो एसईईमा उतिर्ण हुने विद्यार्थीलाई नगद सहित सम्मान

  • कैलाली दर्पण
  • मङ्लबार, असार १७, २०८२
नोबेल स्कुलले गर्‍यो एसईईमा उतिर्ण हुने विद्यार्थीलाई नगद सहित सम्मान

कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ मा सञ्चालित नोबेल सेकेण्डरी विद्यालयले एसईई परीक्षामा उतिर्ण हुने विद्यार्थीहरुलाई बधाई सहित सम्मान गरेको छ ।

पालिकामै सर्वोत्कृष्ट अंक ल्याउने भावना कुमारी बम, पुजा पुरी, धर्म सिंह शेठ्ठी र झरना भण्डारी क्रमशः पालिकाकै प्रथम,द्दितिय, तृतीय र चौथो स्थान हासिल गरेका छन । उनीहरुलाई बिधालयले जनही ५हजार ,४ हजार ,३ हजार  र २ हजार  नगदले सम्मान गरिएको थियो ।यस शैक्षिक सत्र २०८१ मा पनि ३.८७ जिपिए ल्याउँदै प्रथम, ३.८४ र ३.७८ जिपिए ल्याउँदै पालिकामै द्वितीय र तृतीय स्थान हासिल गर्न सफल भएका हुन ।

कार्यक्रमका प्रमुख अतिथि बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवरले संस्थागत बिधालयले राम्रो नतिजा ल्याएकोमा धन्यवाद व्यक्त गर्नुभयो । शिक्षाको क्षेत्रमा गाउँपालिकाले क्रमशः सुधार गर्दै शैक्षिक बिकासका लागि सामुदायिक बिधालयमा कक्षा १ देखि १० सम्म निशुल्क पढाउदै आएको बताउनु भयो । उहाँले हरेक परिवर्तन शिक्षामार्फत सम्भव रहेको उल्लेख गर्दै गाउँपालिकाले सोही अनुसार बजेट वृद्धि गर्नेदेखि विभिन्न माध्यमबाट शैक्षिक क्षेत्रलाई प्राथमिकता दिएको बताउनुभयो ।
प्रमुख अतिथि कुँवरले एसईईमा उत्कृष्ट अंक ल्याउने बिद्यार्थीलाई शुभकामना दिँदै उज्वल भविष्यको कामना गर्दै पालिकाले पुरस्कृत गर्ने प्रतिबद्धता जनाउनु भयो ।

कार्यक्रममा बोल्दै सामाजिक बिकास संयोजक तथा वडा नम्बर १ का अध्यक्ष मिथुन गौतमले एसईई परिक्षामा उतिर्ण भएका बिद्यार्थीहरुलाई शुभकामना दिदै अनुत्तीर्ण बिद्यार्थीलाई थप मेहनत गरि पुरक परिक्षामा सफल हुन आग्रह गर्नु भयो ।

कार्यक्रमको संचालन गर्दै बिधालयले एसईई परीक्षामा सहभागी ४५ जना विद्यार्थी मध्ये ६ जना (A±), १८ जना (A), १५ जना (B±), र २ जना (B) ग्रेड ल्याउँदै उत्तीर्ण हुन सफल हुँदा ४ जना भने नन ग्रेड (Non Gread) ल्याएको बताए ।

कार्यक्रमको समापन गर्दै संस्थापक सुरेश खडका विद्यालयमा नियमित अतिरिक्त कक्षाहरू, समर्पित शिक्षक टोली र अभिभावकको सहकार्यले यो उपलब्धि सम्भव भएको बताए ।

सम्बन्धित समाचार
ताजा अपडेट