कैलालीमा सर्पले टोक्दा एक जनाको मृत्यु भएको छ । गोदावरी नगरपालिका–१२ ओलानीका ४३ वर्षीय रामबहादुर बुढाको सर्पले टोकेर मृत्यु भएको हो ।
बुढालाई आफ्नै घर अगाडि काम गर्ने बेला दाहिने खुट्टामा सर्पले टोकेको थियो । घाइते अवस्तामा सेती प्रादेशिक अस्पताल पुगाइएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।