Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

बर्दगोरियामा ४६.३५ प्रतिशत विद्यार्थी एसइईमा उत्तीर्ण 

  • कैलाली दर्पण
  • आइतवार, असार १५, २०८२
बर्दगोरियामा ४६.३५ प्रतिशत विद्यार्थी एसइईमा उत्तीर्ण 

कैलालीको बर्दगोरिया गाउँपालिकामा एसइई परीक्षामा सहभागी भएका ४६ दशमलव ३५% विद्यार्थी उत्तीर्ण भएका छन् । परीक्षामा सहभागी कुल ६ सय ५८ जना विद्यार्थीमध्ये ३ सय ५ जना विद्यार्थी उत्तीर्ण भएका हुन ।

उत्तीर्ण भएका मध्ये ३४ दशमलव ३१% सामुदायिक विद्यालय र ८९ प्रतिशत ३९% विद्यार्थी संस्थागत विद्यालयका हुन । सामुदायिक विद्यालयबाट सहभागी कुल ५ सय ४५ विद्यार्थीमध्ये १ सय ८७ जना अर्थात् ३४ दशमलव ३१% विद्यार्थी उत्तीर्ण भएका छन् । भने संस्थागत विद्यालयबाट सहभागी भएका १ सय ३२ जनामध्ये १ सय १८ जना अर्थात् ८९ दशमलव ३९ प्रतिशत  विद्यार्थी उत्तीर्ण भएका हुन ।

सम्बन्धित समाचार
ताजा अपडेट