१५जेठ/सुनचाँदी व्यावसायी संघ बर्दगोरियाको चौथो वार्षिक साधारणसभा बिहीबार चिसापानीमा सम्पन्न भएको छ ।
संघका अध्यक्ष रण बहादुर सोवको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथी नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य लालबहादुर सोडारी( दर्शन ) बिशिस्ट अतिथी पुर्व सुदूरपश्चिम प्रदेश सभा सदस्य नन्द बहादुर साँउद ( राजेन्द्र ) संघ प्रदेश प्रबक्ता रुपक सुनारले शुभकामना मनतब्य राख्नु भएको थियो।
संघका उपाध्यक्ष चित्र सदाशंकरको स्वागत मनतब्य संगै सुरु भएको साधारणसभाको संचालन संघका सचीव सन्जीव बिश्वकर्माले गरेका थिए ।
कार्यक्रममा आर्थिक र साङ्गठानिक प्रगति प्रतिबेदन समेत कार्यक्रमको बन्द शत्रबाट अनुमोदन गरिएको छ।
