Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

राज्यमन्त्री चौधरीको घरमा चोरी,प्रहरीद्वारा अनुसन्धान जारी

  • कैलाली दर्पण
  • शुक्रबार, जेष्ठ ९, २०८२
राज्यमन्त्री चौधरीको घरमा चोरी,प्रहरीद्वारा अनुसन्धान जारी

९जेठ/ संस्कृती, पर्यटन तथा नागरिक उड्यन राज्यमन्त्री अरुणकुमार चौधरीको घरमा चोरी भएको छ । कैलालीको लम्कीचुहा नगरपालिका–४ बलियास्थित चौधरीको घरमा चोरी भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) राजकुमार सिंहले राज्यमन्त्री चौधरीको पाँच तले घरमा बुधबार दिउँसो चोरी भएको पाइएको पुष्टि गरेका छन् ।

करिब एक महिनादेखि ताल्चा लगाएर कोही नबस्ने उक्त घरको पछाडिको दोस्रो तल्लाको सिँढीमा लगाइएको ग्रिल तारजाली फोडेर चोरी भएको देखिएको डीएसपी सिंहले जानकारी दिए ।

उनकाअनुसार चोरीमा संलग्न व्यक्तिले चौधरीको घरमा राखिएको ६ आनाको सुनको तिलहरी, तीन तोला पाँच आनाका दुई वटा औंठी, १२ आनाको सिक्री, ६ आनाको बिन्दिया, ६ आनाको औंठी, ६ थान चक, १२ आनाको मटवारी लगेको छ ।

यस्तै एउटा चाँदीको थाल, एक सय वटा चाँदीका पुराना पैसा, दुई जोडी पायल १५/१६ हजार बराबरका थारू गरगहना र नगद ६५ हजार नगद चोरी भएको छ ।

चौधरीको घरमा चोरी भएको जानकारी दिदी नाता पर्ने बर्दगोरिया गाउँपालिका–५ बस्ने श्यामकुमारी चौधरीले टेलिफोन मार्फत प्रहरीलाई दिएकी थिइन् ।

जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय लम्कीबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

बिहीबार कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) बालनरसिंह राणा समेत चौधरीको चोरी भएको घरसम्म पुगेका थिए । उनले तत्काल चोरीमा संलग्न व्यक्तिको खोजी गर्न प्रहरीलाई निर्देशन दिएका छन्

 

सम्बन्धित समाचार
ताजा अपडेट